Skip to main content

धनगढी न्यूज

‘पाठेघरको मुखको क्यान्सर हुने सम्भावनालाई ९० प्रतिशतले कम गर्न सकिन्छ’ 

Advertisement

 

काठमाडौँ, आश्विन २० । विश्वका ११७ वटा देशले  पाठेघरको मुखको क्यान्सरबाट जोगाउन त्यस विरुद्धको खोपलाई राष्ट्रिय खोप कार्यक्रममा  सूचीबद्ध गरे पनि  नेपाल सरकारले यो कार्यक्रमलाई अहिले पनि ‘पाइलटिङ’ मै अल्झाएर राखेको छ ।  यसलाई अझ पनि  राष्ट्रिय खोप कार्यक्रममा  समेट्न नसक्दा  देशमा अहिले पनि प्रत्येक दिन ६ जना महिलाले पाठेघरकै मुखको क्यान्सरको कारण ज्यान गुमाउनु परिरहेको छ ।

आश्विन १९ गते होटेल हिमालयन, कुपण्डोलमा पिपुल्स एक्सेस टू एडिक्योट नेचुरल इन्फ्रास्ट्रक्चर्स (पानी)ले  सन् २०३० सम्ममा पाठेघरको मुखको क्यान्सर उन्मुलन गर्ने लक्ष्य र सार्वजनिक निजी साझेदारी मार्फत पाठेघरको मुखको क्यान्सर विरुद्धको खोपको पर्वद्धन विषयक कार्यशाला गोष्ठीमा  वरिष्ठ क्यान्सर रोग विशेषज्ञ  डा.अरुण शाहीले  ‘क्यान्सर लाग्नै नदिनु सबैभन्दा महत्त्वपूर्ण कुरा भएको’ बताउँदै – ‘क्यान्सर गराउने भाइरस विरुद्ध ९ देखि १५ वर्ष मुनिका बालबालिकाहरूलाई खोप  दिन सकियो भने भविष्यमा पाठेघरको मुखको क्यान्सर हुने सम्भावनालाई ९० प्रतिशतले कम गर्न सकिने’ बताए ।

वरिष्ठ स्त्री रोग विशेषज्ञ प्राडा शिला बर्माले ‘एचपीभी खोपलाई तत्काल राष्ट्रिय खोप कार्यक्रममा समाहित गरी देशव्यापी रूपमा सञ्चालन गर्नु पर्ने’ बताइन् ।

कार्यक्रममा आफ्नो अनुभव सुनाउँदै नेपाल क्यान्सर सरभाईबरस सोसाइटी अध्यक्ष प्रमिता खनाललेले ‘क्यान्सर बिरामीलाई राज्यले दिएको १ लाख र थप पाँच हजार उपचारको लागि सहयोग सराहनीय भए पनि पर्याप्त नभएको’ ज्ञानघरलाई बताइन -‘ बिमाको नीतिहरूमा व्यापक परिवर्तन गर्नुपर्दछ ।’
उनले भनिन्  ‘एचपिभि भ्याक्सिनलाई प्रभावकारी बनाउन देशका सबै पालिकाहरूमा  जनचेतनालाई व्यापक बनाएर लानुपर्दछ ।’  भ्याक्सिनको साइड ईफेक्ट हुन्छ भनेर गरेर नकारात्मक प्रकारको त्रास रहेको भन्दै अध्यक्ष खनालले, ‘जनचेतना फैलाउन नेपाल क्यान्सर सरभाईबरस सोसाइटी एउटा  साझेदारको रूपमा हातेमालो गर्न तयार छ’ भनिन।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...