Skip to main content

धनगढी न्यूज

‘नयाँ पुस्ताको दृष्टिकोणले देशको भविष्य निर्धारण गर्दछ’

Advertisement
काठमाडौँ, आश्विन २१ गते । ‘देशका भविष्य कस्तो बन्छ ? आम जनताको दृष्टिकोणले यो प्रश्नको समाधान गर्दछ । आज जनतामा पनि युवाहरूको दृष्टिकोणले यो प्रश्नको समाधान गर्दछ । त्यस कारण नयाँ पुस्ताको कस्तो प्रकारको दृष्टिकोण बन्छ  ? त्यसले नै देशको भविष्य निर्धारण हुने बताउँछन्’ नेकपा(मसाल)का महामन्त्री मोहनविक्रम सिंह ।
ज्ञानशाला अनुसन्धान केन्द्रको आयोजनामा आश्विन २१ गते केन्द्रको हलमा ‘नयाँ पुस्ता र देशको भविष्य’ विषयक परिचर्चा कार्यक्रममा नेता मोहनविक्रम सिंहले, ‘यदि नयाँ पुस्ता व्यक्तिगत स्वार्थमा मात्र केन्द्रित हुने हो भने देशको भविष्य अझ अन्धकार हुँदै जाने’ बताए – ‘व्यक्तिगत स्वार्थमा आधारित दृष्टिकोण मात्र हाबी हुँदै जाने त्यसका साथै देशमा केही हुँदैन, देशको भविष्य छैन जस्ता दृष्टिकोण प्रबल हुँदै जानु विडम्बनाको विषय हो ।’ ‘यस प्रकारको नकारात्मक दृष्टिकोणले गर्दा अत्यधिक युवाहरू विदेश पलायन हुनुले पनि देशको भविष्य, चुनौतीपूर्ण बन्दै गएको छ’ उनी बताउँछन् ।
‘प्राचिनकाल देखि मानिसको दृष्टिकोण निर्धारण गर्न दार्शनिकहरूले  ध्यान दिने गरेका छन् । त्यो समयमा पनि मानिसले धेरै दर्शनको निर्माण गरे । ती दर्शनको आधारमा बेग्ला बेग्लै प्रकारका विचारहरू निर्धारण हुन्थ्यो र त्यसको आधारमा मानिसको गतिविधिहरूको निर्धारण हुन्थ्यो ।’ बताए नेता मोहन विक्रम सिंहले ।
आफ्नो धारणा व्यक्त गर्दै नेता सिंह भन्छन्, ‘मानिसहरूमा तयार हुने दृष्टिकोणले उनीहरूको पेसा निर्धारण हुन्छ । कोही शिक्षक हुन्छन्, कोही डाक्टर हुन्छ, कोही क्रान्तिकारी हुन्छन्, कोही विदेश पलायन हुन्छन् । त्यो सबैको निर्धारण गर्ने दृष्टिकोणले हो ।’
समाज तथा राजनीतिमा व्यक्तिगत स्वार्थमा आधारित दृष्टिकोण हाबी हुँदै जाँदा देशको भविष्य, नकारात्मक दिशातर्फ गइरहेको भन्छन् नेता सिंह, –‘राजनीतिमा भ्रष्टाचार, समाजमा थुप्रै नराम्रा कामहरू बढ्दै गएको अवस्था छ । व्यापारमा कालोबजारी, कतिपय डाक्टरका नराम्रा गतिविधि, कर्मचारीहरूको भ्रष्टाचार लगायतका नराम्रा प्रवृत्तिहरूको कारण पैसालाई मात्र महत्त्व दिने दृष्टिकोणले गर्दा नै हो ।’ उनी भन्छन्, ‘यसको प्रत्यक्ष असर अहिले नयाँ पुस्तालाई परेको छ । त्यसले गर्दा उनीहरू राजनीतिक चेतनाबाट विमुख हुँदै व्यक्तिगत सोचाइमा मात्र सीमित हुँदै गइरहेको अवस्था छ ।’
 नेता सिंह भन्छन्, ‘व्यक्तिगत जीवन, समाज तथा राजनीतिसँग जोडिएको हुन्छ । यदि समाज र देश राम्रो भएन भने व्यक्तिगत जीवन पनि नराम्रो हुन्छ । अनि परिवार पनि राम्रो हुँदैन ।’ उनी अगाडि भन्छन्, ‘देशको राजनीति नराम्रो भएकाले  हाम्रो व्यक्तिगत जीवन र परिवार कमजोर भएको हो । राजनीतिबाट हामी टाढा भागे पनि राजनीतिले हामीलाई पछ्याइरहेको हुन्छ ।’
विश्वमा थुप्रै देशहरूको विकास गर्नुका कारण, त्यहाँको जनताको दृष्टिकोणले गर्दा सम्भव भएको बताउँदै नेता सिंह भन्छन्,  ‘व्यक्तिगत स्वार्थ भन्दा देश, समाज, जनताप्रतिको उच्च भावना विकास भएपछि  मुलुकमा विकास र संवृद्धि सम्भव हुन्छ ।’
को मान्छे राम्रो हो ? को मान्छे नराम्रो हो ? त्यो कुराको निर्धारण मानिसको बाहिरी आवरण हेरेर मात्र गर्न नहुने भन्दै नेता सिंह भन्छन्, ‘धेरै पैसा, आलिसान घर, गाडी, सत्तामा पहुँचका आधारमा राम्रो मान्छे भनेर मूल्याङ्कन गर्ने होइन । मूल कुरा मानिसको जीवन प्रतिको दृष्टिकोण हो । उसले देश, समाज, जनताको हितको पक्षमा कति काम गरेको छ ? त्यसको आधारमा निर्धारण हुने हो ।’
‘राम्रो स्रोतसाधन नभएको, प्रशस्त पानी नभएको, श्रम शक्तिको अभाव भएका देशहरूले पनि धेरै विकास गरेका छन् । त्यसको मूल कारण त्यहाँका जनताको जीवनप्रति दृष्टिकोणले गर्दा  हो ।’ भन्दै नेता सिंह भन्छन्,- ‘ देशको भविष्य निर्णायक कुरा जनताको उच्च दृष्टिकोण हो ।’
अनुसन्धान केन्द्रका अध्यक्ष भोलानाथ ढकालले सहजीकरण गर्नुभएको सो परिचर्चा कार्यक्रममा डा.चूडा ढकाल, शिव आचार्य, वैरागी जेठा, भक्ति लामिछाने, गौतम न्यौपाने लगायतले पूरक टिप्पणी गर्नुभएको थियो ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...
बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना, ९ जना घाइते

बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना, ९ जना घाइते

बाजुरा जिल्लाको हिमाली गाउँपालिका–५ क्युडीस्थित कुवाडी–क्युडी भित्री कच्ची सडकखण्डमा सोमबार दिउँसो भएको जिप दुर्घटनामा चालकसहित ९ ...