Skip to main content

धनगढी न्यूज

गाजामा आक्रमणपछि ३ लाख ३८ हजार मानिस विस्थापित

Advertisement

 

तेल अहिब, २५ असोज । इजरायल– हमास युद्ध जारी रहेको छ ।

यसै बिचमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले बुधवार एक विज्ञप्तिमार्फत हमास लडाकुहरूलाई समाप्त गर्न आह्वान गरेका छन्।

उनले भने, ‘प्यालेस्टिनी आतंकवादी समूहका सबै आतंककारीहरूको मृत्यु निश्चित छ।’

गत शनिवार हमासले इजरायलमा अचानक आक्रमण गरेपछि पहिलो पटक नेतान्याहुले हमासलाई समाप्त गर्ने कुरा गरेका हुन ।

उनले भने, ‘हमास दाएस (इस्लामिक स्टेट समूह) जस्तै हो, जसरी विश्वले दाएसलाई नष्ट गर्‍यो, हामी तिनीहरूलाई नष्ट गर्नेछौँ।’

इजरायलका रक्षा मन्त्री योभ गालान्टले भने,  ‘हामी हमासलाई पृथ्वीबाट मेटाउने छौँ ।’

उता, नेतान्याहुले आफ्नो राजनीतिक मतभेदलाई अस्थायी रूपमा पन्छाएर युद्धको बिचमा विपक्षीहरूलाई सरकारमा समावेश गरेका छन्। यस नयाँ आपत्कालीन सरकारमा पूर्व रक्षा मन्त्री बेनी गान्ट्जलाई पनि समावेश गरिएको छ ।

संयुक्त राष्ट्र सङ्घको तथ्यांकअनुसार इजरायलले गाजामा गरेको आक्रमणपछि अहिलेसम्म ३ लाख ३८ हजार मानिस विस्थापित भएका छन् ।

बिबिसीका अनुसार इजरायलले हमासको कब्जामा रहेको गाजा पट्टी क्षेत्रमा करिब ३ लाख रिजर्भ फोर्स तैनाथ गरेको छ ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...
बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना, ९ जना घाइते

बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना, ९ जना घाइते

बाजुरा जिल्लाको हिमाली गाउँपालिका–५ क्युडीस्थित कुवाडी–क्युडी भित्री कच्ची सडकखण्डमा सोमबार दिउँसो भएको जिप दुर्घटनामा चालकसहित ९ ...
धनगढीकी एक युवती काठमाडौँ बसपार्कको होटलमा मृत फेला

धनगढीकी एक युवती काठमाडौँ बसपार्कको होटलमा मृत फेला

काठमाडौँको नयाँ बसपार्क स्थित एउटा गेस्ट हाउसमा धनगढीकी युवतीको शव भेटिएको छ। नयाँ बसपार्कस्थित एक गेस्टहाउसमा अन्दाजी २५/३० वर...