Skip to main content

धनगढी न्यूज

हमासले हान्यो इजरायली भूमिमा रकेट, हमासका मुख्य कमाण्डर मारेको इजरायली सेनाको दाबी

Advertisement

काठमाडौँ, २७ असोज । प्यालेस्टाइनी समूह हमासले इजरायलको दक्षिणी क्षेत्रमा थप रकेट प्रहार गरेको छ ।

इजरायलले उत्तरी गाजापट्टीको भूमि खाली गराउन २४ घन्टे चेतावनी जारी राखेको बेला हमासले इजरायलमा थप रकेट प्रहार गरेको हो ।

‘हामीले साइरन सुन्यौं र फलामको ड्रोनले तिनीहरूलाई रोकिरहेको देख्यौँ, त्यसपछि १० मिनेट पछि थप रकेटहरू आएको थियो र त्यसलाई इजरायली भूमिमा आउनबाट रोक्नका लागि थप अवरोधहरू खडा गरिएको थियो, यद्धपी यसअघि पनि एउटा आवासीय घरमा रकेट प्रहार भएको छ,’ एक प्रत्यक्षदर्शीले भनेका छन् ।
त्यहाँ रकेटहरूका कारण निरन्तर ब्यारेज बन्द भएको छ र पछिल्लो घण्टामा तेल अवीवमा अलर्ट जारी राखिएको छ ।

इजरायली सरकारले आइतबारसम्म गाजा पट्टी वरपरका अधिकांश क्षेत्रहरू खाली गर्ने बताएको छ । ‘धेरै मानिसहरूलाई पहिले नै खाली गरिसकिएको छ तर मैले पहिले एउटी महिलासँग कुरा गरेँ, जसले उनी आफ्नो परिवारसँग बस्न चाहन्छिन्,’ अलजजिरासँग ती महिलाले भनिन् ।

यसैबिच, इजरायलले आफनो भुमीमा आक्रामण गर्ने हमासका मुख्य कमाण्डरलाई मारेको दावी गरेको छ ।

 इजरायलको रक्षा बल (आईडीएफ) ले इजरायलमा अक्टोबर ७ मा भएको हमलाको नेतृत्व गर्ने हमास कमाण्डर अली कादीलाई मारेको जनाएको हो ।

इजरायली सेनाले भने कि देशको सुरक्षा एजेन्सी शिन बेटको गुप्तचर निर्देशनमा एक विमानले शनिबार कादीलाई मारेको थियो। कादीलाई इजरायलीहरूको अपहरण र हत्या गरेको आरोपमा सन् २००५ मा पनि पक्राउ गरिएको थियो ।

इजरायली सेनाका अनुसार पछि उनलाई हमासको बन्दी बनाएको आइडीएफ सिपाही गिलाड शालितको सट्टामा रिहा गरिएको थियो, जसले गत शनिवार इजरायल माथी हमला गर्ने मुख्य नेतृत्वदायी भुमिका खेलेका थिए ।

यसबारेमा हमासले अझैसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

 

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...