Skip to main content

धनगढी न्यूज

रित्तो गोजी

Advertisement

* सुगिता शाह 

लखतरान
जिन्दगी बोकेर हिँडेका
गोडाहरू,
सलबलाएका
हातहरू,
बरबराएका अनिदा रातहरू
सयर गरिरहेछन् ।
हमासका बङ्करहरूमा ।

रात लम्पसार छ
दिन लठेब्रो छ
साँझ टोलाएको छ ।
बिहानी ले झकझकाएको छ
चिलगाडीमा
सपना सयर गरिरहे छ ।

जुवाको दाउमा नागरिकता छ
गिज्याई रहेछ मनुवालाई
देश ठुलो की
गोजी ?

घर ?
होइन पाठेघर
रित्तो हुने भो
बारी ?
होइन कोख बाँझो हुने भो ।

ऊ रित्तो भए पछि
सौदाबाजी हुन्छ
बेचबिखन चल्छ
न्याय,
अस्मिता ,
आत्मसम्मान र
मुटु ,कलेजो
पहिचान
र देशको
फुत्त झर्छन्
एक थान पिडा
एक थान अभाव
अनेक थान सपना
अनगिन्ती रहर
एक हुल जिम्मेवारी
रित्तो
गोजी बाट ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...