Skip to main content

धनगढी न्यूज

जापानलाई उछिन्दै जर्मनी विश्वको तेस्रो ठूलो अर्थतन्त्र भएको देश

Advertisement

जापानलाई उछिन्दै जर्मनी विश्वको तेस्रो ठूलो अर्थतन्त्र भएको देश बनेको छ । सरकारी तथ्याङ्कअनुसार जापानको अर्थतन्त्र आर्थिक मन्दीतर्फ धकेलिँदा जर्मनीले उछिनेको हो । अब जापान चौथो स्थानमा आइपुगेको छ ।

सन् २०२३ मा जापानको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) डलरमा ४ दशमलव २ ट्रिलियन र जर्मनीको जीडीपी ४ दशमलव ५ ट्रिलियन थियो । जापानको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार देशको अर्थतन्त्र अक्टोबर र डिसेम्बरबीचको तीन महिनामा शून्य दशमलव चार प्रतिशतले सङ्कुचित भएको थियो । सन् २०२२ को तुलनामा जीडीपी एक दशमलव नौ प्रतिशतले बढे पनि जर्मनीलाई उछिन्न सकेन ।

यो तथ्याङ्कले जापानी अर्थव्यवस्थाले कसरी आफ्नो प्रतिस्पर्धात्मकता र उत्पादकता गुमाइरहेको छ भन्ने देखाउने विश्लेषकहरूले बताएका छन् ।

जापानको जनसङ्ख्या लगातार घटिरहेको छ । जापानमा बालबालिका कम जन्मँदै छन् र जनसङ्ख्या औसत उमेर पनि बढ्दै गएको छ । यसको असर देशको अर्थतन्त्रमा देखिएको हो । डलरको तुलनामा जापानी मुद्रा येन लगातार कमजोर भइरहेको छ । यसले पनि अर्थतन्त्रमा असर पुगेको तथ्याङ्कले देखाएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले यसअघि नै जापानको अर्थतन्त्र खस्किने अनुमान गरेको थियो ।

सन् २०१० अघिसम्म जापान अमेरिकापछिको दोस्रो ठूलो अर्थव्यवस्था भएको देश थियो । सन् २०१० मा चीनको अर्थव्यवस्थाले उछिनेपछि जापान तेस्रो स्थानमा झरेको थियो ।

टोक्यो विश्वविद्यालयमा अर्थशास्त्रका प्रोफेसर तेत्सुजी ओकाजाकी जापानको जीडीपीको नयाँ तथ्याङ्कले देशको वास्तविकता देखाउने र परिणामस्वरूप विश्वमा जापानको उपस्थिति कम हुने सम्भावना बढेको बताउनुहुन्छ ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...