Skip to main content

धनगढी न्यूज

आजदेखी माैसम क्रमिक रुपमा सुधार हुदै

Advertisement

काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ । सोमवारदेखि मौसम बदली हुँदै आएकामा हिजो काठमाण्डौ उपत्यकाकासहित पहाडी  भेगमा पानी परेको हो । उच्च पहाडी तथा हिमाली भेगका थोरै ठाउँमा हिमपात भएको छ । काठमाण्डौ वरपरका डाँडामा पनि हल्का हिमपात भएको छ ।

आजदेखि मौसममा क्रमिक सुधार हुँदै जाने मौसमविद्ले बताएका छन् । मौसमविद्का अनुसार पश्चिमबाट मौसममा सुधार हुँदै जानेछ भने कोशीसहित पहाडी भेगमा आज पनि बदलीको सम्भावना छ । आज दिउँसो कोशी र गण्डकीका पहाडी भेगका केही ठाउँमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हिजो दिउँसो काठमाण्डौमा मौसम खराबीका कारण हवाई उडान र अवतरणमा समस्या भएको थियो । पानी पर्न रोकिएपछि हिजो बेलुकीदेखि नै आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान नियमित रुपमा सञ्चालन भैरहेकाे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...
बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना, ९ जना घाइते

बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना, ९ जना घाइते

बाजुरा जिल्लाको हिमाली गाउँपालिका–५ क्युडीस्थित कुवाडी–क्युडी भित्री कच्ची सडकखण्डमा सोमबार दिउँसो भएको जिप दुर्घटनामा चालकसहित ९ ...