Skip to main content

धनगढी न्यूज

रोल्पाबाट प्रत्यक्ष्य चुनाब जित्ने सबै मन्त्री

Advertisement

चैत्र २७ घोराही दाङ हरि वहादुर वली / रोल्पाबाट प्रत्यक्ष्य चुनाब जित्ने सबै मन्त्री भएका छन । जनयुद्धको केन्द्र रोल्पाबाट एमाले र माओवादीको नेतृत्वमा नयाँ गठबन्धन निर्माणमा सक्रिय भूमिका खेलेका वर्षमान पुन यसअघी नै अर्थमन्त्री नियुक्त भइसकेका छन । । माओवादी उपमहासचिवसमेत रहेका उनी चौथो पटक मुलुकको बागडोर सम्हाल्दै अर्थमन्त्री भएका छन् ।एक वर्ष बढी उपचारपछि उनी स्वास्थ्य लाभ गरी सक्रिय राजनीतिमा फर्केका छन् । अर्थ मन्त्रालयको दोस्रो इनिङस्को रुपमा मुलुकको आर्थिक वृद्धि गरी मुलुकलाई ‘समृद्धि’ को दिशामा अघि बढाउने अवसर र चुनौती छन् । सरकारले समृद्धि, सामाजिक न्याय र सुशासनलाई मुख्य उद्देश्य राखेको छ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले पद तथा गोपनीयताको शपथ लीएका छन । मुख्यमन्त्री महराले प्रदेश प्रमुख अमिक शेरचनसँग शपथ लिएका हुन ।पाँच वटा राजनीतिक दलका ४७ जना र एक स्वतन्त्र सांसद गरी ४८ जना प्रदेश सभा सदस्यको समर्थनमा माओवादी संसदीय दलका नेता महरा मुख्यमन्त्रीमा नियुक्त भएको हुन ।

माओवादी केन्द्रका महराले शपथ लिएसँगै तीन जना मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार पनि गरेका छन । विस्तारित मन्त्रीमण्डलमा रोल्पाबाट गठबन्धनका विरुद्ध स्वतन्त्र उम्मेद्धारी दिई चुनाव जितेर पार्टीमै फर्किएका दिपेन्द्र पुन पनि मन्त्री बनेसंगै रोल्पाबाट प्रत्यक्ष्य चुनाव जित्ने सबै मन्त्री बनेका हुन ।

 

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...
बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना, ९ जना घाइते

बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना, ९ जना घाइते

बाजुरा जिल्लाको हिमाली गाउँपालिका–५ क्युडीस्थित कुवाडी–क्युडी भित्री कच्ची सडकखण्डमा सोमबार दिउँसो भएको जिप दुर्घटनामा चालकसहित ९ ...
धनगढीकी एक युवती काठमाडौँ बसपार्कको होटलमा मृत फेला

धनगढीकी एक युवती काठमाडौँ बसपार्कको होटलमा मृत फेला

काठमाडौँको नयाँ बसपार्क स्थित एउटा गेस्ट हाउसमा धनगढीकी युवतीको शव भेटिएको छ। नयाँ बसपार्कस्थित एक गेस्टहाउसमा अन्दाजी २५/३० वर...