Skip to main content

धनगढी न्यूज

गाउँमै नुन पाउदा कर्णालीमा छायो खुसी

Advertisement

कालीकोट – कालीकोटको तिलागुफा नगरपालिकाले गाउँपालिकाको केन्द्रबाटै आयोडिनयुक्त नुन वितरण गर्न थालेको छ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडसँगको समन्वयमा नगरपालिकाको केन्द्र गाल्जेमा वितरण केन्द्र स्थापना गरी नुन वितरण गर्न थालेको हो ।नुनकै लागी जिल्ला सदरमुकाम मान्म पुग्नुपर्ने बाध्यताको अन्त्य भएकोमा स्थानीयवासी खुसी भएका छन् । नुन लिन सदरमुकाम जानुपर्ने बाध्यता हटेको तिलागुफा नगरपालिका–६ का सत्यबहादुर शाहीले बताए ।

“एक किलो नुनका लागि एकदिन लगाएर जिल्ला सदरमुकाम मान्म पुग्नुपर्ने बाध्यता हटेको छ”, उनले भने, “गाउँमै नुन पाउँदा खुसी छौँ ।”विगतमा नुन लिन रु दुई हजारभन्दा बढी खर्च र पूरै एक दिन समय लगाएर सदरमुकाम पुग्नुपथ्र्यो । तिलागुफा नगरपालिकाका प्रमुख शङ्करप्रसाद उपाध्यायले साल्ट ट्रेडिङ कर्पोरेसनसँगको सहकार्यमा नगरपालिका केन्द्रमै अस्थायी डिपो स्थापना गरेर नुन वितरण सेवा दिएको बताए ।

“लामो प्रयासपछि स्थानीय तहबाटै नुन वितरणको हुन थालेको छ”, तिलागुफा नगरपालिकाका उपप्रमूख महेन्द्रबहादुर शाहीले भने, “अहिले अस्थायी कार्यालय खोलेर वितरण गर्न थालिएको छ, यसलाइ स्थायी बनाएर पछि नियमित वितरण गर्ने तयारीमा छौँ ।”

यसअघि रास्कोट नगरपालिका र महाबै गाउँपालिकाले गाउँबाटै नुन वितरण सुरु गरिसकेका छन्

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...