Skip to main content

धनगढी न्यूज

डेढसय किलाे गाँजासहित सात जना प्रकाउ

Advertisement

पर्सा :  मकवानपुरमा डेढ सय किलो गाँजासहित सातजना पक्राउ परेका छन् । पर्सा राष्ट्रिय निकुञ्जको सुरक्षाका लागि खटिएको सेना र कर्मचारीको संयुक्त टोलीले मनहरी गाउँपालिका– ४ माथिल्लो मसिनेबाट उनीहरूलाई पक्राउ गरेको हो ।
राष्ट्रिय निकुञ्ज नजिकैको क्षेत्रमा बोरा बोकेर हिंडिरहेका उनीहरूलाई सुरक्षाकर्मीले सोधपुछ गरेका थिए । शङ्का लागेर खानतलासी गर्दा गाँजा भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका–३ का दुईजना किशोर छन् । उनीहरूको नाम सार्वजनिक गरिएको छैन ।पक्राउ पर्नेमा कैलाश गाउँपालिका–४ का बमबहादुर चेपाङ, हरिकुमार प्रजा, वीरमान प्रजा, मनहरी गाउँपालिका–३, हाँडीखोलाका रामहरि लुइँटेल र मनहरी–५ का दीपक थापा मगर रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...