Skip to main content

धनगढी न्यूज

बझाङमा हेलिकोप्टरबाट सुत्केरी महिलाको उद्धार

Advertisement

धनगढी । बझाङबाट एक जना सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । बझाङको बित्थडचिर गाउँपालिका वडा नम्बर ६ कि २१ बर्षिया बसन्ती देवी धामी लाइ बझाङबाट हेलिकप्टर मार्फत उद्धार गरी प्रादेशिक अस्पताल सुर्खेत लगिएको जिल्ला प्रशासन कार्यालयका बिपद् सम्पर्क व्यक्ति नन्द धामीले बताए ।

जिल्ला अस्पताल बझाङका अनुसार जेठ २६ गते बिहान १ बजे तीर सुत्केरी व्यथा लागेर अस्पताल आएकी धामीले ४ बजे तीर शल्यक्रिया गरी बच्चा जन्माएकी थिइन । उनले ३ वर्ष पहिले पनि शल्यक्रिया गरेर बच्चा जन्माएकी आफन्तले बताएका छन् ।

पहिलेको शल्यक्रियाको समयमा पाठेघर र पिसाब थैली एकै ठाउँमा च्यापिएको रहेछ । यो पटक शल्यक्रिया गर्दा जटिलता देखिएको र रक्तस्राव पनि भए पछि उपचारको लागी राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत सुत्केरी महिला उद्धार कार्यक्रमबाट धामीको सुर्खेत उद्धार गरिएको जिल्ला अस्पताल बझाङका डा ओव्जन रावलले बताउनुभयो ।


चालु आर्थिक वर्ष २०८० ८१ को हाल सम्म राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत बझाङबाट ६ जना सुत्केरी वा गर्भवती महिलाको उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय बझाङले जनाएको छ ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...
बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना, ९ जना घाइते

बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना, ९ जना घाइते

बाजुरा जिल्लाको हिमाली गाउँपालिका–५ क्युडीस्थित कुवाडी–क्युडी भित्री कच्ची सडकखण्डमा सोमबार दिउँसो भएको जिप दुर्घटनामा चालकसहित ९ ...