Skip to main content

धनगढी न्यूज

‘कल्की २८९८ एडी’ : ९ दिनको कमाइ ७ सय करोड

Advertisement

यो सिनेमामा सबैभन्दा आकर्षक पात्र कोही छन् भने ती अश्वत्थामा नै हुन् अर्थात् अमिताभ बच्चन । उनको ‘गेटअप’ मात्रै होइन, अभिनय पनि उत्तिकै चित्ताकर्षक छ । उनले अश्वत्थामा पात्रलाई मज्जाले जीवन्त तुल्याएका छन् ।

काठमाडौँ — सुरुमा कथा बुझ्नै गाह्रो छ । के भइरहेको र किन भइरहेको छ भन्नेमै अलमल छ । त्यसैले सुरुमा दिक्क पनि लाग्न सक्छ । तर एकपल्ट बुझेपछि यो सिनेमाले दिने रोमाञ्चकता बेग्लै छ । कुरा ‘कल्की २८९८ एडी’ को हो । अहिले यो सिनेमाबारे चारैतर्फ चर्चा चलिरहेको छ । प्रत्येक दिन कमाइ बढ्दै छ । खासमा यो तेलगु भाषाको सिनेमा हो । यसलाई अरू भाषामा अनुवाद पनि गरिएको छ र त्यसमा हिन्दी प्रमुख छ । सँगै तमिल, मलायालम, कन्नड र अंग्रेजी भाषामा पनि यो फिल्म हेर्न सकिन्छ ।

भारतीय सिने उद्योगमा अचेल सर्वथा नयाँ प्रयोग हुन थालेको छ । यसको एउटा राम्रो उदाहरण ‘कल्की २८९८ एडी’ पनि हो । कथा एक प्रकारले जटिल छ । यसलाई हेर्नुअगाडि एक प्रकारको पृष्ठभूमि चाहिन्छ, महाभारतबारे । विष्णु भगवान्का अनेक अवतारबारे हामीले पढेका छौं । ती अवतारको सार यो संसारलाई खराबीबाट बचाउने भन्ने नै पाइन्छ । सिनेमाको कथा ठ्याक्कै महाभारतको युद्धपछि सुरु हुन्छ । एक खास ‘मोड’मा भगवान् कृष्णले अश्वत्थामालाई श्राप दिन्छन्, सम्झनामा छ ? श्राप पनि कस्तो भन्दा अमरत्वको । यी अश्वत्थामा हुन्, द्रोणाचार्यका छोरा । उनलाई अनन्तकालसम्म यस धर्तीमै छाडिन्छ ।

विष्णुको दसौं अवतार सेतो घोडामा आएर कलियुगको अन्त्य हुने संकेत दिन्छन् भन्ने कथा छँदै छ । यही पृष्ठभूमिमा सिनेमा काशी सहरबाट सुरु हुन्छ । सहर विकास हुनुअगाडि नै काशी अस्तित्वमा थियो । तर यो काशी सहर अहिलेको होइन, सन् २८९८ को हो । त्यस अर्थमा यो सिनेमा ६ हजार वर्ष पुरानो हो । महाभारतबाट सुरु भएर सन् २८९८ पुग्दा कथा टुंगिन्छ । अरू सबै ध्वस्त भइसके, खालि यही सहर मात्र बाँकी हुन्छ । त्यहाँ एक निर्दयी र दुष्ट कमान्डर हुन्छ, जसले मायावी ‘कम्प्लेक्स’मा मनपर्दो गरिरहेको हुन्छ ।

खासमा उनी ‘कम्प्लेक्स’का स्वामी यास्किनका लागि काम गर्छन् । यस पात्रमा छन्, कमल हसन । यहाँ तिनैले मात्र प्रवेश पाउँछन्, जसले ती नाइकेको विरोध गर्दैनन् । उनका विरोधी र गरिबलाई पनि यहाँ प्रवेश दिइन्न । यी नाइके आफ्नो दैवीय शक्ति बढाउन त्यस्ता महिलाका प्रयोग गर्छन्, जो आमा बन्न सक्छिन् । अनि ती महिलाको भ्रूण खोसिन्छ । भविष्यमा कुनै ठूलै काम गर्नका लागि उनी लागिपरेका छन् । त्यहाँ विश्वास के पनि छ भने एक दिन त्यस्ती आमा पनि आउनेछिन्, जसको कोखबाट जन्मेकाले सबैको उद्धार गर्नेछ । यही ‘कम्प्लेक्स’मा सुमति पनि हुन्छिन् ।

उनले पाँच महिनादेखि आफ्नो गर्भ लुकाएकी हुन्छिन् । यो त्यही गर्भ हो, जहाँबाट सबैको उद्धार गर्ने अवतारको जन्म लिने विश्वास छ । यो पात्रमा छिन्, दीपिका पादुकोण । तर यी सुमतिलाई कब्जा गरेर ‘कमान्डर’लाई बुझाउन चाहन्छन् । यो भूमिकामा भने प्रभाव छन् । ठीक यही बेला सुमतिको सुरक्षाका लागि पौराणिक युगबाट अश्वत्थामा आउँछन् र यो पात्रमा छन्, अमिताभ बच्चन । यसरी नै सिनेमा अगाडि बढ्छ । यसका निर्देशक हुन्, नाग आश्विन । सुरुमा एकपछि अर्को धेरै पात्र स्थापित गर्नुपरेको हुनाले सुरुआत सुस्त भएको मान्न पनि सकिन्छ

यस सिनेमामा जे जस्तो प्रविधि प्रयोग गरिएको छ, जे जस्तो भेषभूषा देखिन्छ, त्यसले नयाँ अनुभव त पक्कै दिन्छ । यो साँच्चै कुनै ठूलै ‘साइन्टिफिक मुभी’भन्दा कम छैन । अनि केही सिनेमाका खास खास दृश्य वास्तवमै असाध्यै उच्चस्तरका छन् । त्यसमा मुख्य हो, अश्वत्थामा र भैरवको ‘एक्सन सिक्वेन्स’ । यो सिनेमामा सबैभन्दा आकर्षक पात्र कोही छन् भने ती अश्वत्थामा नै हुन् अर्थात् अमिताभ बच्चन । उनको ‘गेटअप’ मात्रै होइन, अभिनय पनि उत्तिकै चित्ताकर्षक छ । उनले अश्वत्थामा पात्रलाई मज्जाले जीवन्त तुल्याएका छन् ।

कथा निर्देशक नाग आश्विनसँगै साइ धावव बुर्राको हो । सिनेमा ‘रिलिज’ भएको भने जुन २७ मै मात्र हो । नाग आश्विनले आधुनिक सिनेमा प्रविधिको खुबै सटीक प्रयोग गरेका छन् । अहिले यो सिनेमाको किन पनि चर्चा आवश्यक छ भने यसले ‘बक्स अफिस’मा तहल्का मचाइरहेको छ । सन् २०२४ मा प्रदर्शित सिनेमामध्ये यो सबैभन्दा सफल हुने बाटोमा छ । अहिले नै केही भारतीय ‘मिडिया’ले यसलाई ‘ब्लकबस्टर्स’ समेत भनिसकेका छन् ।

भारतमै मात्र ‘रिलिज’को पहिलो दिन ९५ करोड भारतीय रुपैयाँ कमाएको यसले ‘रिलिज’को नवौं दिनसम्म आइपुग्दा विश्वबाट सात सय करोड भारतीय रुपैयाँ कमाइ गरिसकेको छ । यसले अब चाँडै हजार करोड रुपैयाँ नाघ्नेछ, त्यो पनि आजभोलि नै । सातौं दिनमा यसले कमाइका आधारमा अर्को सिनेमा ‘फाइटर’लाई उछिनेको थियो । ‘कल्की २८९८ एडी’ आफैंमा भारतीय सिनेमा जगत्मा अहिलेसम्मकै सबैभन्दा महँगो फिल्म हो । यसको बजेट नै छ सय करोड भारतीय रुपैयाँ रहेको छ । एउटा वाचा गरेर सिनेमा टुंग्याइएको छ, जसको संकेत यसको ‘सिक्वेल’को पनि हो

 

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...