Skip to main content

धनगढी न्यूज

रोड्रिगेजको पुनरागमनमा कोलम्बियाको कोपा यात्रा

Advertisement

२३ असार, काठमाडौं । कोपा अमेरिका २०२४ मा कोलम्बियाले उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनल पुगिसकेको छ । कोलम्बियाको यो यात्रामा कोही खेलाडी लयमा छन् भने ३२ वर्षीय मिडफिल्डर जेम्स रोड्रिगेज नै हुन् ।

कोलम्बियाले अहिलेसम्म चार खेल खेल्दा रोड्रिगेज तीन पटक त प्लेअर अफ दि म्याच नै बने । उनले मैदानमा पनि त्यही अनुसार प्रदर्शन गरेका छन् ।

सन् २०१४ को फिफा विश्वकपका रोड्रिगेजले लिओनल मेसी र क्रिस्टियानो रोनाल्डो जस्ता स्टार खेलाडीलाई पछि पार्दै गोल्डेन बुटको अवार्ड जितेपछि चर्चामा आएका थिए । लगत्तै उनी स्पेनिस जायन्ट क्लब रियल मड्रिडमा अनुबन्ध भएका थिए । तर उनले त्यहाँ नियमित खेल्ने अवसर नपाउँदा आफ्नो प्रतिभा देखाउन पाएनन् र स्पेन साउदी हुँदै हाल ब्राजिलियन क्लबमा पुगेका छन् ।

तर अहिले उनी फेरि लयमा फर्कन थालेका छन् । यसको फाइदा उनी स्वयं र उनको टिम कोलम्बियालाई भएको छ ।

कोलम्बियाले शनिबार क्वार्टरफाइनलमा पनामालाई ५-० को फराकिलो अन्तरले पराजित गर्दा रोड्रिगेजले एक गोल गरे भने दुई गोलका लागि अवसर सिर्जना गरे ।

उनी अहिले आफ्नो टोलीलाई दोस्रो पटक कोपा अमेरिकाको उपाधि जिताउनका लागि कटिबद्ध भएर लागिपरेका छन् ।

कोलम्बियाले सन् २००१ मा कोपाको उपाधि जितेको थियो

प्रभावशाली प्रदर्शन र असिस्टमा कीर्तिमान

रोड्रिगेजले कोलम्बियालाई सेमिफाइनलसम्म पुर्‍याउने क्रममा प्रभावशाली प्रदर्शन गरेका छन् । उनले एकै संस्करणमा सर्वाधिक ५ असिस्ट गर्ने लिओनल मेसीको कीर्तिमान पनि बराबरी गरेका छन् ।

सन् २०२१ मा मेसीले एकै संस्करणमा पाँच असिस्ट गरेका थिए । उनले समह चरणमा पाराग्वेविरुद्ध दुई र कोस्टारिका विरुद्ध एक असिस्ट गरेका थिए ।

रोड्रिगेजको खेलकला पनामा विरुद्धको जितमा पनि देखियो । उनले पहिलो गोलका लागि पिन प्वाइन्ट कर्नरबाट पास उपलब्ध गराएका थिए । त्यसपछि पेनाल्टीमा आफैँ गोल गरे । अनि तेस्रो गोलका लागि पनि असिस्ट गरे । जारी प्रतियोगितामा उनले पहिलो गोल पनि यसै खेलमा गरे ।एक तथ्यांक अनुसार रोड्रिगेज कोपा अमेरिकाको सुरुवाती १५ मिनेटभित्र गोल र असिस्ट दुवै गर्ने पहिलो खेलाडी हुन् ।

‘एउटा कठिन खेल, उनीहरु राम्रो टिम थिए, तर हामी राम्रो तयारीका साथ आएका थियौँ । हामीलाई थाहा थियो कसरी चाँडै गोल गर्ने र त्यसले हामीलाई खेलमा पकड राख्न मदत गर्‍यो’, रोड्रिगेजले पनामाविरुद्धको खेलपछि भने ।

उनले आफूले कोपा अमेरिकाको उपाधि जित्न चाहेको र त्यसमा सफल हुने आशा राखेका छन् । ‘के म कोपाको बेस्ट प्लेअर बन्न चाहन्छु ? म यस प्रतियोगितामा राम्रो गर्न चाहन्छु । अगाडि बढ्न टिममेटलाई सहयोग गर्न तयार छु । हामी प्रतियोगिताको अन्तिम दिनसम्म पुग्न चाहन्छौँ । आशा छ हामी हामीले चाहेको त्यो ग्रान्ड फाइनलमा पुग्छौँ । हामी राम्रो मुमेन्टमका साथ गइरहेका छौँ’, उनले भनेका छन् ।

कोलम्बियाका मुख्य खेलाडी

रोड्रिगेज सन् २०१४ को विश्वकपमा गोल्डेन बुट जितेपछि चर्चामा आए । जसले उनलाई रियल मड्रिडसम्म पुर्‍यायो । तर करियर उनले सोचेजस्तो रहेन ।

उनले कोलम्बियाका लागि गरेको जस्तो प्रदर्शन क्लबमा देखाउन सकेनन् । त्यसपछि उनी लोनमा जर्मन क्लब बायर्न म्युनिख पुगे, अनि २०२० मा प्रिमियर लिग क्लब एभर्टन पुगे । तर उनको प्रदर्शन पहिले जस्तो हुन सकेन ।

उनले एक सिजन प्रिमियर लिग खेले । त्यसपछि कतारी क्लब अल-राएनमा पनि खेले । त्यहाँबाट ग्रिक क्लब ओलम्पियाकोस पुगे र गत वर्ष उनी ब्राजिलियन क्लब साओ पाओलामा अनुबन्ध भए ।

फिटनेसका कारण जेम्स रोड्रिग्वेज २०२१ को कोपा अमेरिकामा कोलम्बियाको टिममा पर्न सकेनन् । तर अहिले नेस्टोर लोरेन्जोले उनलाई टिममा पुनर्स्थापित गरेका छन् ।

५८ वर्षीय अर्जेन्टाइन प्रशिक्षक लरेन्जो आएपछि अहिले कोलम्बियाले उत्कृष्ट प्रदर्शन गरिरहेको छ । कोलम्बिया २७ खेलमा अपराजित छ र यस अवधिमा उसले ब्राजिल र जर्मनी जस्ता बलिया टिमलाई पनि पराजित गरेको छ ।

लरेन्जोको प्रशिक्षणमा कोलम्बियाले दक्षिण अमेरिकाकै उत्कृष्ट टिमको रुपमा उदाउँदैछ ।

लरेन्जो आफैँ भने रोड्रिगेजको प्रशंसा गर्छन् । ‘उनी एक महान खेलाडी हुन्, व्याख्या गर्नको लागि त्यहाँ भन्दा केही छैन । उनी पिचमा खुशी हुने खेलाडी हुन्’, लोरेन्जोले शनिबार पत्रकारहरुलाई भने । बिश्वश खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...