Skip to main content

धनगढी न्यूज

धनगढीमा सर्पको बिगबिगी, सात घरबाट नगरप्रहरीले समात्यो ‘ब्ल्याक कोब्रा’

Advertisement

धनगढीः कैलालीको धनगढीमा सर्पको बिगबिगी बढेको छ। वडा नम्बर १ देखि वडा नम्बर १९ सम्मै सर्पको बिगबिगी बढेको छ।

नगर प्रहरीले वडा नम्बर २ देखि वडा नम्बर १४ मा बसोबास गर्ने केही स्थानीयको घरभित्र पसेको सर्पको उद्दार गरेको छ। धनगढी उपमहानगरपालिका–३ फाप्ला नजिकै रहेको रेशम पन्तको घरबाट नगर प्रहरीले सर्पको उद्दार गरेको छ। धनगढी–३ मै पक्की कुवाकी धना बिष्टको घरबाट सर्प समातेर सुरक्षित स्थानमा छोडिएको छ।

धनगढी उपमहानगरभित्र कार्यरत नगर प्रहरीले धनगढी–७ की कल्पना बोहराको घरबाट ब्ल्याक कोब्रा सर्पको उद्दार गरेको छ। धनगढी–१४ मा पनि स्थानीयको घर भएको स्थानबाट कोब्रा सर्प उद्दार गरेर सुरक्षित स्थानमा छोडीएको छ। त्यस्तै धनगढी–१३ हिमाली टोलका सौरभ बानियाँको घरबाट पनि सर्प समातिएको छ।

धनगढी–७ जोखर ताल चोक नजिकै घर भएका तिलक मौनीको घरबाट नगरप्रहरीले करेत नापक सर्प समातेको छ। धनगढी–२ सन्तोषी टोलका प्रकाश डिसीको घरबाट पनि सर्पको उद्दार गरेर नगर प्रहरीले संभावित दुर्घटना हुनबाट जोगाउने काम गरेको छ।

नगरप्रहरीले एक साताको अवधिमा करिब एक दर्जन घरबाट सर्प समातेर सुरक्षित स्थानमा छोड्ने काम गरेको छ। घरवरिपरी तथा घरभित्र सर्प पसेमा नगरवासीले नगरप्रहरीलाई खबर गर्दै आएका छन्। नगर प्रहरीले चालु आर्थिक वर्षको असार तेस्रो सातासम्म झण्डै चार सयको संख्यामा सर्पको उद्दार गरेको छ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...