Skip to main content

धनगढी न्यूज

बर्षाले खोर डुवाएपछि कञ्चनपुरका अजयको ४० लाख स्वाहा, १० हजार कुखुरा मरे

Advertisement

महेन्द्रनगर : चार दिनसम्म लगातार भएको बर्षाका कारण कुखुरा खोर डुवानमा पर्दा कञ्चनपुरका अजय चन्दका १० हजार कुखुरा मरेका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका–५ तिनतारामा अजय चन्दको खोरमै दश हजार बोइलर कुखुरा मरेका हुन् । विगत दश बर्ष देखि व्याक्तिगत ५ लाखको लगानीमा चन्दले कुखुरा पालन व्यावसाय गरेका थिए । सानो लगानीमा विस्तारै लगानी फस्टाउदै गएपछी चन्दले एक दशक पछि बैङ्कको कर्जा लिएर थप कुखुरा व्यावसाय गर्ने सोचका साथ अगाडि बढेका थिए ।

चन्दले संरचना तथा कुखुरामा डेढ करोड लगानी गरेर कुखुरा पालन गर्दै आएका थिए । दश कट्टा जमिनमा कुखुरा ब्यवसाय गर्दै आएका चन्दको सपना बाढीले उडाएको छ । हुर्की सकेका कुखुरा बेचेर मनग्य आम्दानी लिने सपनादेखेका चन्दको सपना बाढीले बगाइदियो । असार २४ गते राती परेको भारी वर्षाले चन्दका बेच्नकालागि तयार भईसकेका ४ हजार कुखुरा, हुर्काउदै गरेका ६ हजार कुखुरा गरी जम्मा १० हजार कुखुरा बाढीले मेरेका हुन् ।

आफ्नै देशमा केही गर्छु भनेर लागेका चन्दको कुखुराको फारममा बाढीले ठूलो क्षति पुर्‍याएपछि उनी निकै पीडित बनेका छन् । ५ लाखबाट व्यवसायलाई सुरु गरेका चन्द अहिले डेढ करोडको पुगेको बताउँछन् । तर, बाढीका कारण उनले ठूलो क्षति व्यहोर्नु परेको छ । आइतबार राति आएको बाढीले उनका सबै कुखुरा नष्ट गरिदियो । आफ्नो लगानी र बैंकको ५५ लाख ऋण लिएर उनले व्यवसाय बढाएका थिए । करिब २/३ केजी पुगेका कुखुरा कति डुबेर मरे त कति बाढीले बगायो ।

नेपालमै केही गर्नुपर्छ भनेर व्यवसाय सुरु गरेँ । तर, बाढीले सबै डुबायो, चन्द भन्छन्, ुुफारम डुबाए पनि सपना अझै जीवितै छ । केही समय लागे पनि फेरि यहीँ काम गरेर अघि बढ्ने उनको सोच छ । आफ्नो जीवनमा पहिलोपटक यति ठूलो बाढी देखेको उनको भनाइ छ । फारम सञ्चालन गरेको १० वर्षमा यति ठूलो वर्षा नदेखेको उनले बताए । अहिलेसम्म पानी नपसेको फारम नै डुबेपछि भने उनी चिन्तित छन् ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...