Skip to main content

धनगढी न्यूज

प्रधानमन्त्री र मन्त्रीहरुको शपथग्रहण सोमबार ११ बजे

Advertisement

काठमाडौँ — राष्ट्रपति कार्यालयले प्रधानमन्त्री र मन्त्रीहरुलाई सोमबार बिहान ११ बजे शपथग्रहण गराउने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) बमोजिम सरकार गठनका लागि दाबी पेस गर्न दिइएको समय आइतबार साँझ ५ बजे सकिदैछ ।

राष्ट्रपतिको आह्वानबमोजिम कांग्रेस र एमालेको समर्थनमा नेकपा एमालेका अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले प्रधानमन्त्रीमा दाबी पेस गरिसकेका छन् । शितलनिवास स्रोतका अनुसार आइतबार साँझ ५ बजेपछि ओलीलाई प्रधानमन्त्री नियुक्त गर्ने तयारी छ ।

कान्तिपुर दैनिक बाट साभार

प्रधानमन्त्रीको शपथग्रहण भने सोमबार बिहान ११ बजेमात्रै हुने भएको छ । ‘प्रधानमन्त्री र मन्त्रीहरुको समेत सोमबार बिहान ११ बजे शपथग्रहण कार्यक्रमको तयारी भएको छ,’ शितलनिवास स्रोतले भन्यो । राष्ट्रपति कार्यालयले सोमबार बिहान ११ बजे हुने शपथग्रहण समारोहका लागि सम्बन्धित सबैलाई निमन्त्रणा समेत गरिसकेको छ ।

प्रधानमन्त्रीको शपथ लिएपछि ओलीले तत्काल एमाले र कांग्रेसलाई समेटेर मन्त्रिपरिषद् विस्तारको तयारी गरिरहेका छन् । मन्त्री र मन्त्रालय भागबण्डाका विषयमा दलहरुबीच छलफल चलिरहेको छ ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...
बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना, ९ जना घाइते

बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना, ९ जना घाइते

बाजुरा जिल्लाको हिमाली गाउँपालिका–५ क्युडीस्थित कुवाडी–क्युडी भित्री कच्ची सडकखण्डमा सोमबार दिउँसो भएको जिप दुर्घटनामा चालकसहित ९ ...