Skip to main content

धनगढी न्यूज

पलियामा सडक अवरुद्ध भएपछि इन्धनको आपूर्ति बन्द

Advertisement

धनगढी :भारतको पलियामा शारदा नदीले पुलको उत्तर तिरको सडक बगाउँदा हजारौँ यात्रु समस्यामा परेका छन् । गत साता आएको अविरल वर्षाका कारण आइतबारदेखि नेपाल(भारत जोड्ने मुख्य राजमार्ग अवरुद्ध भएको हो । राजमार्ग बगाएपछि एक सातादेखि पलिया गौरी फण्टा सीमा नाकाबाट आवतजावत पूर्ण रूपमा बन्द भएको छ । गौरीफण्टा नाका भएर भारतबाट आउने नेपालीहरू टिकापुरको खक्रौला, नेपालगन्जको रुपैडिया नाका हुँदै नेपाल भित्रिन बाध्य भएका छन् । राजमार्ग बगाएपछि लामो तथा छोटो दुरीका कुनैपनि सवारीसाधन चल्न सकेको छैन । त्यसको प्रत्यक्ष असर सीमा क्षेत्रका नेपाली बजारमा परेको छ ।

गौरिफण्टा नाका भएर भित्रिने सामानको अभाव भएको छ भने खाद्यान्न लगायतको मूल्य आकासिएको छ । एक सातादेखि खाद्यान्न लगायत पेट्रोलियम पदार्थ ढुवानी हुन सकेको छैन । भारतीय सीमा बजार वनगवाँमा समेत खाद्यान्न लगायत सामानको अभाव भएको छ । उक्त बजारमा नेपालीहरूले मात्र दैनिक करोड सम्मको कारोबार गर्दै आएको वनगवाँका व्यापारी गुड्डु सिङ गुप्ताले बताए । गुप्ताले भने, नेपालीहरूले महँगोमा सामान खरिद गर्नु परेको छ पहिले चिनीको मूल्य ६० थियो, अहिले बढेर ८० सम्म पुगेको छ अन्य सामानको पनि मूल्य बढेको छ।

सुदूरपश्चिम प्रदेशका लागि भारतको बन्थरा डिपोबाट गौरीफन्टा हुँदै धनगढीको डिपोमा इन्धन आयात हुने गरेको छ । नेपाल आयल निगमले भारतको बन्थरा डिपोबाट गत आइतबार देखि सुदूरपश्चिमका लागि इन्धन ल्याउन सकेको छैन । नेपाल आयल निगम धनगढी शाखाका प्रमुख हरिदत्त जोशीले गत आइतबारदेखि इन्धनको आपूर्ति बन्द भएको जानकारी दिए । उहाँले भन्नुभयो, ूवितरणमा समस्या भएकाले नेपालगन्जबाट ल्याउदैँछौ । एक हप्तादेखि बाटो बन्द भएको छ । हामीले स्थलगत अवलोकन गरेर आएका छौँ , गत आइतबारको वर्षाले सडकमा क्षति गरेको भएपनि मर्मत नभएको उनले बताए । पानीको सतह नघटेपछि मर्मतमा समस्या भएको हो । रुट परिवर्तनका लागि केन्द्रको निर्णय चाहिन्छ । ढुवानी भाडामा फरक पर्छ।ू बन्थरा डिपोबाट इन्धनको आपूर्ति गर्न समस्या भएपछि आयल निगमले नेपालगन्जबाट इन्धन ढुवानी थालेको जोशीको भनाइ छ ।

एक सातादेखि ठुलो वर्षा नहुँदा पनि भारत सरकारले अवरुद्ध सडक निर्माणमा चासो नदिएको भन्दै भारतीय सीमा बजार वनगवाँँका व्यापारीले सरकार विरुद्ध आत्रोस पोखेका थिए ।

state7online बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...