Skip to main content

धनगढी न्यूज

कैलालीको गोदावरीमा लागुऔषधसहित ९८ जना पक्राउ, जोडीहरु समेत नियन्त्रणमा

Advertisement

धनगढीः कैलालीको गोदावरीमा लागुऔषधमा संलग्नहरु धमाधम पक्राउ पर्न थालेका छन्।

लागुऔषध सेवन, कारोवार र ओसारपसारमा संलग्नहरु गोदावरी नगर क्षेत्रबाट धमाधम पक्राउ पर्न थालेका हुन्। इलाका प्रहरी कार्यालय मालाखेतीले लागुऔषधमा संलग्नहरुलाई खोजीखोजी नियन्त्रणमा लिन थालेका छ। मालाखेतीले आर्थिक वर्ष २०८०/८१ मा ६६ लागुऔषध मुद्दाका ९८ जनालाई पक्राउ गरेको छ।

साथै इलाका प्रहरी कार्यालय मालाखेती (अत्तरिया) मा एक वर्षको अवधिमा विभिन्न अपराधका तीन सय ८० घटना दर्ता भएका छन्। सो अवधिसम्म सबैभन्दा बढी सार्वजनिक हितविरुद्ध ८४, लागुऔषध ६६, बैंकिङ कसुर ६१, देहत्याग ४५ र आत्महत्या दुरुत्साहनका ४ वटा उजुरी दर्ता भएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायव उपरीक्षक (डीएसपी) गंगाबहादुर थापाले बताएका छन्।

भवितव्य ज्यान २६, फुटकर ज्यान ८, कर्तव्य ज्यान एक, ज्यान मार्ने उद्योग २, चोरी सम्वन्धि १०, जुवा तीन, ठगी ४, जबरजस्ती करणी १६, जबरजस्ती करणी उद्योग ७, सवारी ज्यान ११ र बहुविवाहका ५ वटा उजुरी दर्ता भएको उनले बताएका हुन्। आर्थिक वर्ष २०७८/७९ मा कुल तीन सय ५३, आर्थिक वर्ष २०७९/८० मा तीन सय ५० र आर्थिक वर्ष २०८०/८१ मा अपराधका घटना बढेर तीन सय ८० पुगेको छ।

तीन सय ८४ जना विरुद्ध मुद्दा चलाइएको डिएसपी थापाले बताए। इलाका प्रहरी कार्यालय मालाखेतीले ७३ ग्राम ६ सय ३ मिलिग्राम लागुऔषध र १३ किलो ३८० ग्राम चरेस बरामद गरेर ६६ मुद्दामा ९८ जनालाई पक्राउ गरेको छ। आर्थिक वर्ष २०८०/८१ को अन्तिम तीन महिनाको अवधिमा मात्र १६ ग्राम २४० मिलिग्राम लागुऔषध र २ सय २३ ग्राम र ४ सय २७ मिलिग्राम चरेससहित २४ मुद्दामा ३३ जनालाई पक्राउ गरिएको डिएसपी थापाले जानकारी गराए।

उनले भन्सार छलीका सामानसहित पाँच जनालाई समेत पक्राउ गरिएको बताए। साथै ४ स ४६ दशमलव १७ क्युफिट अबैध काठसहित ८ जनालाई नियन्त्रणमा लिनुका साथै अबैध नदीजन्य पदार्थ उत्खनन्मा प्रयोग भएका १५ ट्याक्टर, ७ वटा जेसीभी, एउटा टिप्पर, ४ वटा रोल गरी २७ वटा सवारीसाधन नियन्त्रणमा लिएर त्यसबाट ७ लाख १२ हजार गोदावरी नगरपालिकाले राजस्व असुली गरेको डीएसपी थापाले बताए। प्रहरीले अनैतिक क्रियाकलापमा संलग्न ३० महिला, २८ पुरुष र एक जना तेस्रो लिङ्गी गरेर ५९ जनालाई नियन्त्रणमा लिएर कानुनी प्रक्रिया अघि बढाएको छ।

दिनेश खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...