Skip to main content

धनगढी न्यूज

बाढी र डुबानले आकासियो तरकारीको भाउ

Advertisement

कञ्चनपुर : गत साताको अविरल वर्षापछि तरकारीको मूल्य आकासिएको छ ।

लगातारको वर्षा र डुबानका कारण बोट नै कुहिएपछि तरकारीको भाउ आकासिएको हो । अहिले बजारमा तरकारीको मूल्य तीन गुणाले बढेको छ । टमाटर प्रतिकिलो दुई सय, लौका र फर्सी डेढ सय, करेला दुई सय, आलु एक सय, काक्रा दुई सय रुपैयाँमा बिक्री भइरहेको छ ।

एक साताअघिसम्म यीनै तरकारीको मूल्य प्रतिकिलो ५०/६० रुपैयाँ हाराहारी थियो । ‘अहिले त तरकारी छोइसक्नु छैन, मूल्य मात्रै बढेको छैन सहजै पाउन पनि गाह्रो छ,’ महेन्द्रनगर बजारका बासिन्दा वीरेन्द्र जोशी भने, ‘एकै पटक तीनरचार गुणाले मूल्य बढेको छ ।’ एकातिर बाढी र डुबानका कारण स्थानीय प्रभावित भएका छन् । त्यसैमा तरकारीको मूल्य आकाशिएपछि झनै गाह्रो परेको छ । महेन्द्रनगर तथा आसपासका बजारमा अहिले डडेलधुराबाट तरकारी आइरहेको छ । स्थानीय उत्पादन एकाएक घटेका कारण मूल्य बढेको व्यवसायीहरु बताउँछन् । टमाटर र आलु भारतीय बजारबाट पनि फाटफुट रुपमा आइरहेको छ ।

वर्षाले तरकारी सबै कुहेर सकियो, उत्पादन एकाएक घट्यो,’ महेन्द्रनगर सब्जीमण्डी व्यवसायी समितिका अध्यक्ष विशाल सोनारले भने, ‘लहरे तरकारी त पुरै सकिएको छ, कहिँकतै उचो ठाउँमा भएको मात्रै बाँकी छ ।’ लहरे तरकारी जाल बनाएर उत्पादन गरिन्छ । वर्षाले जाल सबै टुटेर भुईमा झरेपछि तरकारी पुरै कुहिएको छ । अध्यक्ष सोनारका अनुसार करिब ६० जना किसानले जनही डेढरदुई विघामा तरकारी खेती गरिरहेका छन् । तर अहिले अधिकांशको तरकारी सखाप भएको छ । अब नयाँ बिरुवा रोपेर दुईरतीन महिनामा नयाँ उत्पादन आएपछि मात्रै तरकारी सस्तो हुन सक्ने सोनार बताउँछन् । उनका अनुसार पहाडी जिल्लाहरुबाट आउने तरकारी पनि वर्षाकै कारण घटेको छ । उनका अनुसार महेन्द्रनगर र आसपासका बजारमा दैनिक १० टनसम्म तकारी खपत हुने गरेको छ ।

चैत, वैशाख र जेठमा बगर खेतीको उत्पादन पनि ठूलो मात्रामा हुन्छ । बढी मात्रामा उत्पादन भएपछि तरकारीको मुल्य निकै सस्तो हुन्छ । वर्षा सुरु भएसँगै बगरको उत्पादन घटछ । बगरको मात्रै होइन अन्यत्रको उत्पादन समेत घटेर मूल्य बृद्धि हुने गरेको छ । उपभोक्ताहरु भने वर्षाको कारण देखाएर व्यापारीहरुले एकाएक मूल्य बृद्धि गरेको बताउँछन् । विगतका वर्षमा पनि वर्षायाममा यसैगरी मूल्य बृद्धि हुने गरेको थियो । स्थानीय प्रशासन र नगरपालिकाले अनुगमन गर्नुपर्ने उपभोक्ताहरु बताउँछन् । गत साता भारी वर्षाका कारण कञ्चनपुरमा सयौं घर डुबानमा परेका थिए भने तीन दिनसम्म खेतबारी जलमग्न भएको थियो ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...