Skip to main content

धनगढी न्यूज

विदेश जान सुदूरपश्चिमबाट १० हजारले लिए श्रमस्वीकृति

Advertisement

धनगढीः विदेश जान सुदूरपश्चिमबाट १० हजारभन्दा बढीले श्रमस्वीकृति लिएका छन्। सुदूरपश्चिमबाट विदेश जानेको संख्या वर्षेनि बढ्दो छ।

पछिल्लो समय वैदेशिक रोजगारीमा जानेमा पुरुषसँगै महिलाको संख्या पनि बढ्न थालेको छ। साथै वैदेशिक रोजगारमा जान पुनः श्रम स्वीकृति लिनेको संख्या पनि बढ्न थालेको छ। यहाँबाट धेरै संख्यामा जाने तीन देशसहित मलेसिया, ओमन, बहराइन, रोमानिया, जोर्डन, जापान, कोरिया, पोल्यान्ड, कंगो, माल्दिभ्स, इन्डोनेसिया, इजरायल र माल्टा छन्। यसका साथै यूएई, कतार, साउदी र माल्टाका लागि पुनः श्रम स्वीकृति लिनेको संख्या पनि बढेको छ।

आर्थिक वर्ष २०८०/८१ मा सुदूरपश्चिम प्रदेशबाट ९ हजार ४४७ पुरुषले वैदेशिक रोजगारीका लागि श्रमस्वीकृति लिएका छन्। ९ सय ४२ महिलाले समेत वैदेशिक रोजगारीमा जान श्रमस्वीकृती लिएको पाइएको छ। सो अवधिसम्म पुरुष र महिला गरेर कुल १० हजार तीन सय ८९ को संख्यामा वैदेशिक रोजगारीका लागि श्रमस्वीकृत लिएको नेपाल राष्ट्र बैंक धनगढीले गरेको अध्ययन प्रतिवेदनले देखाएको छ।

यो संख्या रोजगारीका लागि तेस्रो मुलुक जाने पुरुषसँगै महिलाको संख्या पनि पछिल्लो समय बढ्दै गएको छ। तर सुदूरपश्चिम प्रदेशको वैदेशिक रोजगारीको प्रमुख गन्तव्य भने भारत हो। यहाँबाट रोजगारीका लागि भारतमा कति जना गएका छन भन्ने आधिकारिक तथ्यांक भने छैन्।

तर झण्डै ६ लाखको संख्यामा भारतका विभिन्न सहरमा कामको खोजीमा यस प्रदेशबाट गएको हुनसक्ने अनुमान गरिएको छ। स्वदेशमा रोजगारीका अवसर नहुँदा वर्षेनि भारत लगायत तेस्रो मुलुक जाने श्रमिकको संख्या बढ्दो छ। छिमेकी मुलुक भारतमा भने परिवारसहित जानेको संख्या पनि बढ्दो क्रममा देखिएको छ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...