Skip to main content

धनगढी न्यूज

अफ्रिकामा १ करोड ५० लाख जना शिक्षकको कमी

Advertisement

अफ्रिकामा शिक्षकको अभाव भएको छ । अफ्रिकी संघ एयूले अफ्रिकी देशमा अहिले एक करोड ५० लाख जना शिक्षकको कमी रहेको बताएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

एयूका शिक्षा, विज्ञान, प्रविधि र नवप्रवर्तन आयुक्त मोहम्मद बेलहोसिनले घानाको राजधानी अकरामा भइरहेको एउटा सम्मेलनमा बोल्दै अहिले अफ्रिकामा आवश्यकताभन्दा एक करोड ५० लाख जना शिक्षक कमि रहेको बताउनुभएको हो । उहाँले शिक्षकको कमी हुँदा अफ्रिका महादेशको शिक्षा र विकासको आकांक्षा पूरा गर्ने क्षमतामा नकारात्मक प्रभाव पार्ने पनि चेतावनी दिनुभएको छ ।

संयुक्त राष्ट्रसंघले सन् २०३० सम्ममा शिक्षामा दिगो विकास लक्ष्य हासिल गर्नका लागि शिक्षकको सङ्ख्यामा देखिएको यो खाडललाई कम गर्न आग्रह गरेको छ । शिक्षकको सङ्ख्यालाई बढाउन, शिक्षाका पूर्वाधार सुधार गर्न र दीगो विकासका लक्ष्यलाई निर्धारित समयमा पूरा गर्न झन्डै ९० अर्ब अमेरिकी डलर लगानी आवश्यक रहेको पनि आयुक्त बेलहोसिनले बताउनुभएको छ ।

अफ्रिकामा शिक्षकको पारिश्रमिक र सामाजिक प्रतिष्ठा निकै टिठलाग्दो छ । शिक्षक हुनुभन्दा व्यवसायी बन्दा इज्जत र पैसा धेरै हुने कुराले शिक्षकको अभाव भइरहेको पनि आयुक्त बेलहोसिनको भनाइ छ ।

तत्काललाई प्रविधिको प्रयोग गरेर शिक्षकको अभाव कम गर्न सकिने उहाँले सुझाव दिनुभएको छ । इन्टरनेट र विद्युतीय माध्यमको प्रयोग गरेमा एउटै शिक्षकले सयौँ जनालाई पढाउन सक्छन् । तर यसको लागि पनि लगानी बढाउनै पर्ने देखिएको खबरमा उल्लेख छ ।

उज्यालो अन्लाईन बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...
बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना, ९ जना घाइते

बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना, ९ जना घाइते

बाजुरा जिल्लाको हिमाली गाउँपालिका–५ क्युडीस्थित कुवाडी–क्युडी भित्री कच्ची सडकखण्डमा सोमबार दिउँसो भएको जिप दुर्घटनामा चालकसहित ९ ...
धनगढीकी एक युवती काठमाडौँ बसपार्कको होटलमा मृत फेला

धनगढीकी एक युवती काठमाडौँ बसपार्कको होटलमा मृत फेला

काठमाडौँको नयाँ बसपार्क स्थित एउटा गेस्ट हाउसमा धनगढीकी युवतीको शव भेटिएको छ। नयाँ बसपार्कस्थित एक गेस्टहाउसमा अन्दाजी २५/३० वर...