Skip to main content

धनगढी न्यूज

डेढ महिनामा एक हजार ५९२ विपत् घटना: १३३ जनाको मृत्यु, ४८ बेपत्ता

Advertisement

काठमाडौँ, साउन ९ गते  । मनसुन सुरु भएयताको डेढ महिनामा विपत्का घटनामा परी १३३ जनाको मृत्यु भएको छ । जेठ २८ गतेयता एक हजार ५९२ वटा विपत्का घटनामा १३३ जनाको मृत्यु भएको हो । घटनामा १४४ जना घाइते भएका छन् र ४८ जना बेपत्ता छन् । मृतक परिवारलाई व्रmमशः राहत उपलब्ध गराउने कार्य भइरहेको गृहमन्त्री रमेश लेखकले जानकारी दिनुभएको छ ।

प्रतिनिधि सभामा आकस्मिक, शून्य र विशेष समयमा उठेका प्रश्नको जवाफ दिँदै गृहमन्त्री लेखकले विभिन्न विपत्का घटनामा १३० जनाको मृत्यु भएको जानकारी दिनुभएको थियो । त्यसपछि नेपाल प्रहरीले विवरण अद्यावधिक गरी १३३ जनाको मृत्यु भएको जनाएको छ । विपत्का घटनामा ५९४ पशु चौपायामा नोक्सानी पुगेको र २३१ घरमा क्षति पुगेको पनि मन्त्री लेखकले बताउनुभयो । ४३ वटा पुल भत्केका र दुई सरकारी भवनमा पूर्ण क्षति भएको जानकारी पनि उहाँले दिनुभयो ।

विपत्मा परेर चार हजार घरपरिवार विस्थापित भएकोमा एक हजार ५९ लाई सुरक्षित स्थानमा सारिएको र अन्य व्यक्ति आफ्नै घरमा फर्किसकेको पनि मन्त्री लेखकले जानकारी दिनुभयो ।

देशका ७७ जिल्ला नै विपत्बाट प्रभावित भएको र खोज तथा उद्धारमा नेपाल प्रहरीका सात हजार र सशस्त्र प्रहरीका करिब चार हजार सुरक्षाकर्मी खटिएको उहाँले जानकारी दिनुभयो । अधिकांश घटनामा नेपाली सेना पनि खोज र उद्धारमा खटिएको उहाँको भनाइ छ । १० दिनभन्दा बढीसम्म पनि फेला पर्न नसकेका बेपत्ता व्यक्तिको परिवारलाई राहत दिने सरकारको निर्णय अनुसार क्षतिपूर्ति दिने प्रक्रियामा रहेको पनि उहाँको भनाइ छ । घाइतेको उपचारमा तिनै तहका सरकार खटिएको र १४४ मध्ये पाँच जनाको अहिले उपचार जारी रहेको उहाँले जानकारी दिनुभयो ।

मन्त्री लेखकले सिमलताल बस दुर्घटनामा परेका ६२ मध्ये २४ जनाको शव फेला परेको र १९ जनाको पहिचान भई आफन्तले बुझेको बताउनुभयो । पाँच जनाको शव पहिचान हुन बाँकी रहेको र ४३ को खोजी कार्य भइरहेको उहाँले जानकारी दिनुभयो । मन्त्री लेखकले सर्लाहीमा पूर्वभूमिसुधार सहायकमन्त्री रामचन्द्र रायको हत्याका विषयमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान सुरु गरेको बताउनुभयो । रायको घरमा काम गर्ने एक जनालाई सोधपुछका व्रmममा नियन्त्रणमा लिइएको र शङ्का गरिएका तीन जनाको खोजी कार्य जारी रहेको उहाँले जानकारी दिनुभयो ।

यस्तै पूर्वमन्त्री वीरेन्द्र महतोले समकक्षताको प्रमाणपत्र लिनका लागि कर्मचारीलाई घुस दिएको भन्नेबारेमा छानबिन गर्न निर्देशन भइसकेको मन्त्री लेखकले जानकारी दिनुभयो । घटनाबारे आफूले जानकारी लिएको र कर्मचारी चिनाउन व्यक्तिगत रूपमा पनि आग्रह गरेको उहाँले सभामा जानकारी दिनुभयो ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...