Skip to main content

धनगढी न्यूज

दार्चुलामा दुई हजार पाँच सयभन्दा बढीलाई ट्राफिक कारबाही

Advertisement

दार्चुला — एक वर्षकाे अवधिमा दुई हजार पाँच सय बढी सवारी साधन ट्राफिक कारवाहीमा परेका छन् । गत आर्थिक वर्ष २०८०/०८१ मा ट्राफिक नियम उल्लघंन गर्ने दुई हजार ५ सय ३६ सवारी साधनलाई कारबाही गरिएको ट्राफिक प्रहरिले जनएकाे छ ।

जिल्ला ट्राफिक प्रमुख प्रहरी सहायक निरीक्षक मदन बहादुर ऐरका अनुसार जिल्लामा सबैभन्दा बढी एक हजार ५ सय ८ जीप र कारलाई कारबाही गरिएको छ । तीन सय ६६ माेटरसाइकल, दुई सय ४२ टेक्टर, एक सय १७ ट्रक, २१ बस र दुई सय ८२ अन्य सवारीसाधन कारबाहीमा परेका छन्

ट्राफिक नियम उल्लघंन गर्ने ट्रकहरुलाई कारबाही गर्दा ६४ हजार ५ सय रुपैयाँ, बसबाट १२ हजार ५ सय, जीप÷कारबाट ८ लाख २२ हजार, टेक्टरबाट १ लाख ४७ हजार, मोटरसाइकलबाट २ लाख ३२ हजार ५ सय र अन्य सवारी साधन कारबाहीबाट १ लाख ४६ हजार ५ सय गरी जम्मा १४ लाख २५ हजार रुपैयाँ राजस्व संकलन गरिएको जिल्ला ट्राफिक प्रमुख ऐरले जानकारी दिए ।

क्षमता भन्दा बढी सवारी तथा समान बोक्ने, बिना लाइसेन्स सवारी चलाउने, ट्राफिक नियम उल्लघंन गर्ने सवारी साधनलाई कारबाही गरिएको उनले बताए । ट्राफिक प्रहरीले सवारी दुर्घटना न्यूनिकरण तथा ट्राफिक व्यवस्थापनका लागि ट्राफिक सचेतनामूलक कार्यक्रमहरू संचालन गर्दै नियममा कडाई गरेको जनाएको छ

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...