Skip to main content

धनगढी न्यूज

आठ विद्यालयमा न्यून विद्यार्थी

Advertisement

हुम्ला, साउन १० गते  । उत्तरी हुम्लाको नाम्खा गाउँपालिकाका आठ वटा विद्यालयमा पच्चीस भन्दा कम विद्यार्थीहरू अध्ययन गर्दै आएका छन् । माथिल्लो कक्षा छोड्ने क्रम वृद्धि भएसँगै ती विद्यालयमा विद्यार्थी सङ्ख्या कम हुँदै गएको हो ।

नाम्खा गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख बुढाले आफ्नो गाउँपालिकामा पच्चीस भन्दा कम विद्यार्थीहरू भएको विद्यालय सङ्ख्या आठ वटा रहेको बताउनुभयो । उक्त गाउँपालिकामा जम्मा चौध वटा विद्यालयहरू रहेका छन् ।

उहाँले बर्सेनि विद्यालयमा विद्यार्थी सङ्ख्या घट्दो क्रममा रहेको बताउँदै यसो हुनुमा माथिल्लो कक्षा चढ्ने बित्तिकै विद्यार्थीहरूले विद्यालय छोड्दा यो अवस्था आएको बताउनुभयो । यो सङ्ख्या इसिममा प्रविष्टि गरेको विवरणमा देखिए पनि वास्तव मै यो सङ्ख्या  अझै घट्न सक्ने देखिएको छ । प्रमुख बुढाका अनुसार पच्चीस जना भन्दा कम विद्यार्थीहरू भएका विद्यालयहरूमा वडा नम्बर १ को कक्षा एकदेखि पाँचसम्म अध्ययन हुने नबबुछोमु प्रावि रहेको र सो विद्यालयमा बिधार्थीहरुको सङ्ख्या २२ जना रहेको छ ।

त्यसैगरि वडा नम्बर १ कै कक्षा तीनसम्म पढाई हुने नाम्खा ख्यामेजुम प्राविमा २४ जना, वडा नम्बर १ कै कक्षा पाँचसम्म पढाई हुने नबुबुद्ध प्राविमा पन्ध्र जना विद्यार्थीहरू अध्ययन गर्दै आउनु भएको छ । यता वडा नम्बर ३ को कक्षा तीनसम्म पढाई हुने सत्य प्राविमा २५ जना विद्यार्थीहरू रहनु भएको छ । वडा नम्बर २ को कक्षा पाँचसम्म अध्ययन हुने च्याछरा प्राविमा १७ जना विद्यार्थीहरू हाल अध्ययन गर्दै आउनु भएको छ ।

वडा नम्बर ५ को कक्षा तीनसम्म अध्ययन हुने अरनिको प्राविमा सात जना रवडा नम्बर ५ को  कक्षा पाँचसम्म अध्ययन हुने सुनखानी  प्राविमा २२ जना विद्यार्थीहरूले अध्ययन गर्दै आउनु भएको छ । यता वडा नम्बर ४ को कक्षा पाँचसम्म अध्ययन हुने हिमालय प्राविमा आठ जना मात्र विद्यार्थीहरूले अध्ययन गर्दै आउनु भएको छ । त्यस्तै वडा नम्बर ४ को कक्षा पाँचसम्म अध्ययन हुने मोतीराम प्राविमा ३९ जना र  कक्षा एक देखि आठसम्म अध्ययन हुने खासरपानी आविमा ४८ जना विद्यार्थीहरूले अध्ययन गर्दै आउनु भएको छ ।

नाम्खा गाउँपालिका– ६ को हिमालपारिको गाउँ लिमीको जाङ गाउँका स्थानीय कुन्जोक तामाङले लिमीका तीन वटा विद्यालय मध्य दुई वटा बन्द भएको र बाँकी एक वटा सुनखानी प्राथमिक विद्यालयमा पनि विद्यार्थी सङ्ख्या घटी रहेको बताउनुभयो । गत वर्ष ५४ जना विद्यार्थीहरू भएकोमा यस वर्ष सो विद्यालयमा २२ जना विद्यार्थीहरूले अध्ययन गर्दै आएको उहाँले बताउनुभयो ।

गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामाले विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुको सङ्ख्या घटी रहेको बताउँदै विद्यार्थी घट्दैमा विद्यालय बन्द गर्न सकिने अवस्था नरहेको बताउनुभयो । जति विद्यार्थी रहेको पनि उनीहरूको लागि विद्यालयलाई सञ्चालनमा ल्याउन आवश्यक रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...