Skip to main content

धनगढी न्यूज

वैदेशिक रोजगारीमा गएका एक वर्षमा १३४६ जनाको ज्यान गुम्यो

Advertisement

काठमाडौँ, साउन १० गते । सरकारले विप्रेषणका कारण मुलुकको अर्थ व्यवस्था टिकिरहेको भनिरहँदा आर्थिक वर्ष २०८०-८१ मा एक हजार ३४६ युवाले ज्यान गुमाएका छन् । यो सङ्ख्या यस अवधिमा विदेशमा मृत्यु भएर वैदेशिक रोजगार बोर्डको सचिवालयबाट सहायता रकम दाबी गर्नेको हो । यसबाहेक वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका तर आर्थिक सहायता लिन नआएका र आएर पनि नपाउनेको सङ्ख्या अझै धेरै छ । वैदेशिक रोजगारीका क्रममा विदेशमा आफ्नो आफन्त गुुमाएका परिवारका सदस्यले बोर्डको सचिवालयबाट सात लाख आर्थिक सहायता पाउँदै आएका छन् ।

पर्याप्त तालिम, सिप र सुरक्षाको ग्यारेन्टीबिनै वैदेशिक रोजगारीमा पठाउँदा ठुलो सङ्ख्यामा नेपाली श्रमिक मृत्यु कुण्डमा होमिन पुगेका छन् । तथ्याङ्क अनुसार वैदेशिक रोजगारीमा जानेमध्येबाट दैनिक औसतमा चार वटा शव काठको बन्द बाकसमा विदेशबाट आउने गरेको छ ।

बोर्डका अनुसार गत आवमा साउदी अरबबाट ३४९, मलेसियाबाट ३४५, कतारबाट २४० र संयुक्त अरब इमिरेटस (युएई) बाट २३३ जना नेपालीको शव नेपाल ल्याइएको छ । यस्तै सो अवधिमा दक्षिण कोरियाबाट २८, कुवेतबाट ७२, इजरायलबाट १९, बहाइनबाट १७, रोमानियाबाट १२, जापानबाट १६ शव नेपाल आइपुुगेको छ । क्राेएसिया १०, साइप्रस दुई, इजरायल दुई, उज्बेकिस्तान दुई र जोर्डन तीन र इजिप्ट, हङकङ, काजकस्थान र युकेबाट एक÷एक शव आएको बोर्डले जनाएको छ ।

आव २०७९-८० मा सात लाख ७१ हजार ३२७ जना नेपाली वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका थिए । विभागका अनुसार गत आव २०८०-८१ मा श्रम स्वीकृति लिई सात लाख ४३ हजार ५९५ जना नेपाली वैदेशिक रोजगारीमा गएका थिए ।

आव २०७९-८० मा सात लाख ७१ हजार ३२७ जना नेपाली वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका थिए । विभागका अनुसार गत आव २०८०-८१ मा श्रम स्वीकृति लिई सात लाख ४३ हजार ५९५ जना नेपाली वैदेशिक रोजगारीमा गएका थिए ।

 

बोर्डका अनुसार गत आवमा मात्रै वैदेशिक रोजगारीका व्रmममा मृत्यु भएका एक हजार ३४६ मृतकका परिवारमध्ये ८२८ परिवारले सात लाखका दरले आर्थिक सहायता लिइसकेको र बाँकी ४१८ परिवारलाई दिने प्रक्रियामा रहेको छ । वैदेशिक रोजगारीका क्रममा मृत्यु हुुनेको सङ्ख्या अघिल्लो आवभन्दा गत आवमा बढेको छ । बोर्डका अनुसार आव २०७९-८० मा एक हजार २०८ र आव २०८०-८१ मा एक हजार ३४६ शव नेपाल आएका छन् । जुन अघिल्लो आवभन्दा गत आवमा १३८ ले बढी हो । बोर्डका कार्यकारी निर्देशकका अनुसार आव २०६५-६६ देखि हालसम्म वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका १३ हजार ३४६ जनाको परिवारलाई आर्थिक सहायतास्वरूप चार अर्ब ९५ करोड ३० लाखभन्दा बढी रकम उपलब्ध गराइएको छ ।

गत आवमा वैदेशिक रोजगारीका क्रममा बिरामी, अङ्गभङ्ग भएका ६५३ जनालाई आर्थिक सहायतास्वरूप १९ करोड ४६ लाख ८५ हजार रुपियाँ उपलब्ध गराइएको छ । गत आव वैदेशिक रोजगारीका क्रममा अङ्गभङ्ग तथा गम्भीर बिरामी भएका ३८९ जनालाई नौ करोड ९७ लाख आठ हजार रुपियाँ आर्थिक सहायता प्रदान गरिएको थियो ।  मृतक श्रमिकका परिवारलाई दिँदै आएको आर्थिक सहायता रकम स्थानीय तहमा निवेदन दिएर अनलाइनमार्पmत कागजात चेकजाँच गर्ने प्रविधिको विकास गरेसँगै सेवाग्राही सङ्ख्या बढेको बोर्डको दाबी छ ।

यसै गरी यसअघि वैदेशिक रोजगार कल्याणकारी कोषमा रहेको रकम विदेशमा मृत्यु भएको अवस्थामा मात्र श्रमिकका आफन्तले पाउने वैदेशिक रोजगार ऐनको व्यवस्था संशोधन गरी श्रम स्वीकृतिको अवधिमा नेपालमा रहँदा मृत्यु भए पनि सात लाख रुपियाँ पाउने निर्णय भएपछि सहयोग लिनेको सङ्ख्या बढेको बोर्डका कार्यकारी निर्देशक उप्रेतीको भनाइ छ ।

वैदेशिक रोजगारका विज्ञ रामेश्वर नेपालले वैदेशिक रोजगारमा मृत्यु हुनुको प्रमुख कारण विदेश जानेलाई अपेक्षा धेरै देखाइने तर पर्याप्त सूचना नहुुनु, धोकापूर्ण श्रमिक भर्ना प्रव्रिmया रहेको बताउनुुभयो ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...