Skip to main content

धनगढी न्यूज

प्रधानमन्त्री ओली : नेपालले बाहिरी देशलाई बाघ बाँड्न सक्ने

Advertisement

काठमाडौँ, साउन १४ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा असीमित रूपमा बाघको संरक्षण गर्न नसकिने बताउनुभएको छ ।

विश्व बाघ दिवस–२०२४ को अवसरमा ललितपुरमा आयोजित कार्यक्रममा विद्यार्थीले सोधेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । उहाँले नेपालको जङ्गल र क्षेत्रफलको हिसाबले धेरै बाघको वृद्धि हुनेगरी संरक्षण गर्न नसकिने स्पष्ट पार्नुभयो ।

उहाँले सरकारले अन्तर्राष्ट्रिय फोरममा सन् २०१० मा नै बाघको सङ्ख्या दोब्बर बनाएकाले अब दुई पटक दोब्बर गर्दा मानिसहरूले देश छाड्नुपर्ने अवस्था आउने धारणा राख्नुभयो । उहाँले नेपालले बाहिरी देशलाई बाघ बाँड्न सक्ने बताउनुभयो । उहाँले नेपाल भन्दा ३८ गुणा अमेजन रेनफारेस्ट जङ्गल ठुलो रहेकाले बाघका लागि उपयुक्त ठाउँ भएको बताउनुभयो ।

उहाँले बाघको संरक्षणको लागि वन्यजन्तु र मानिसबिचको द्वन्द्व हराउने गरी प्राप्त क्षेत्र आवश्यक हुने बताउनुभयो । उहाँले बाघको अनकुल ठाउँ र प्रजननका लागि उपयुक्त वातावरण हुनुपर्ने भएकाले असीमित हुन नहुने बताउनुभयो । उहाँले नेपालले बाघ संरक्षण गर्न धेरै मात्रामा हौसिन नहुने पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘बाघ संरक्षण गर्नुपर्छ तर सन् २०१० मा नै हामीले बाघको सङ्ख्या डबल गर्छौँ भन्यौँ । हामीले हाम्रो देशको आकार प्रकार हेर्नुपर्छ । साइज कत्रो छ । कति बाघ पाल्नसक्छौं । त्यतिबेला डबल गर्ने भनेको तेब्बर भयो । अब दुई पटक बाघको सङ्ख्या डबल गर्दा मान्छेले देश छाडेर हिँडे हुन्छ । त्यस कारण बारम्बार बाघको सङ्ख्या डबल गर्न सम्भव छैन । हामीले एउटा लिमिट भित्र बाघको संरक्षण गर्नुपर्छ । बाधको वृद्धि पनि सीमाभित्र मात्रै गर्न सकिन्छ । हामी विभिन्न देशहरूलाई बाध बाँडिदिन सक्छौँ । सिङ्गै नेपाल भन्दा ३८ गुणा अमेजन रेनफारेस्ट ठुलो छ । त्यो जङ्गल बाघका लागि उपयुक्त छ । त्यहाँ बाघ जन्मेनन् होला तर त्यहाँ हामी पठाउन पनि सक्छौँ ।’’

उहाँले भन्नुभयो, ‘‘बर्दियामा गैँडा पठाउँदापठाउँदै । विभिन्न देशलाई गैँडा उपहार दिएका छौँ । हामीले बाघको संरक्षण गर्नुपर्छ । वन्यजन्तु र मान्छेका बिचको द्वन्द्व हराउने गरी प्राप्त क्षेत्र आवश्यक हुन्छ । एउटा बाधको लागि ३६ किलोमिटर वन क्षेत्र आवश्यक हुन्छ । बाघको अनकुल ठाउँ र वातावरण दिनुपर्छ । बाघ र मान्छेका बिचको द्वन्द्व अन्त्य पर्नुपर्छ । पर्याप्त खाना र सिरकार अन्त्य गर्नुपर्छ । प्रजननका लागि उपयुक्त वातावरण हुनुपर्छ । तर असीमित हुनुहुँदैन । त्यसलाई सीमित मात्रामा गर्नुपर्छ । हौसिनु हुँदैन । भारतले हामी भन्दा ३० गुणा बढी बाघ पाल्न सक्छ । हाम्रोमा ४६ प्रतिशत जङ्गल टुक्रा–टुक्रा छ । आरक्षणले मात्रै पुग्दैन । सघन वन क्षेत्र चाहिन्छ । प्राकृतिक वन क्षेत्र चाहिन्छ । वृक्षारोपण गरेका रुखले बाघलाई चल्दैन ।’’

उहाँले भारतसँग प्राप्त स्थान र जङ्गल भएकाले नेपालले भन्दा ३० गुणा बढी बाघ पाल्नसक्ने बताउनुभयो । उहाँले नेपालमा ४६ प्रतिशत जङ्गल टुक्रा–टुक्रा भएकाले बाघको लागि पर्याप्त जङ्गल नभएको बताउनुभयो ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...
बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना, ९ जना घाइते

बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना, ९ जना घाइते

बाजुरा जिल्लाको हिमाली गाउँपालिका–५ क्युडीस्थित कुवाडी–क्युडी भित्री कच्ची सडकखण्डमा सोमबार दिउँसो भएको जिप दुर्घटनामा चालकसहित ९ ...