Skip to main content

धनगढी न्यूज

सुदूरपश्चिममा विपक्षी सांसदले दिउँसै टर्च बालेर सरकार खोजे

Advertisement

सुदूरपश्चिम प्रदेश सरकार संसदमा उपस्थित नभएपछि विपक्षी दलका सांसदहरुले सोमबार दिउँसै टर्च बालेर सरकारको खोजी गरेका छन । संसद छल्ने सरकारको विरोधमा धनगढीस्थित प्रदेश सभा भवनको मूल प्रवेश द्वारमा नेकपा (एमाले), नेपाली कांग्रेस र नागरिक उन्मुक्तिका सांसदले टर्च बालेर सरकारको खोजी गरेका हुन ।

संसद छलेर गैरजिम्मेवार व्यवहार प्रदर्शन गरेको भन्दै विरोधमा प्रतिकात्मक स्वरुप टर्च बालेर सरकार खोजी गरिएको नेकपा एमाले संसदीय दलका नेता राजेन्द्र सिंह रावलले बताए ।

‘विपद्को बेला राहत उद्धारमा सरकार देखिएन । जनताको मुद्दा उठान गर्ने थलो संसदमा पनि सरकार भेटिएन’ उनले भने । ‘त्यसैले दिउँसै टर्च बालेर सरकार खोज्नु पर्ने अवस्था आएको हो ।’

नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक विक्रम धामी, एमाले दल नेता रावल र नाउपाका रामेश्वर चौधरीको नेतृत्वमा विरोध प्रदर्शन गरिएको हो ।

तेस्रो बैठक स्थगित 

सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशनको तेस्रो बैठक स्थगित भएको छ ।

सोमबार दिउँसो २ बजेका लागि बोलाइएको बैठकमा सरकारका तर्फबाट कोही नआएपछि बैठक स्थगित भएको हो ।

प्रदेश सभाको बैठकमा कम्तीमा पनि एक जना सरकारको मन्त्रीको सहभागिता हुनुपर्छ ।

अल्पमतमा परेर पनि ३० दिनअघि सरकार नछोडने मुडमा प्रदेशका मुख्यमन्त्री दिर्घ बहादुर सोडारी छन ।

उनले अध्यादेश ल्याउनका लागि संसदको बजेट अधिवेशन बन्द गराएपछि काँग्रेस र एमालेका एकचौथाई सांसदहरुले विषेश अधिवेशन माग गरेपछि प्रदेश प्रमुख नजिर मियाले साउन ८ गते विषेश अधिवेशन बोलाएका थिए ।

प्रदेश सभा बैठकमा सरकारको प्रतिनिधिको रुपमा मन्त्रीको उपस्थिति नभएकाले अर्को सूचना जारी नभएसम्मका लागि आजको  बैठक स्थगित भएको सभामुख भीमबहादुर भण्डारीले बताए ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...
बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना, ९ जना घाइते

बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना, ९ जना घाइते

बाजुरा जिल्लाको हिमाली गाउँपालिका–५ क्युडीस्थित कुवाडी–क्युडी भित्री कच्ची सडकखण्डमा सोमबार दिउँसो भएको जिप दुर्घटनामा चालकसहित ९ ...