Skip to main content

धनगढी न्यूज

२०८१ को ‘उत्कृष्ट शैक्षिक संस्था सम्मान’ एसपीए कलेजलाई प्रदान

Advertisement

धनगढीः धनगढी उप–महानगरपालिका–२ सन्तोषी टोलमा अवस्थित एसपीए कलेजलाई राष्ट्रिय स्तरको ’उत्कृष्ट शैक्षिक संस्था सम्मान–२०८१’ प्रदान  गरिएको छ।

२०५६ सालमा स्थापना भई नेपालको गुणस्तरीय शिक्षामा सुदूरपश्चिम प्रदेशको उत्कृष्ट शैक्षिक संस्था बन्न सफल भएको भन्दै चन्द्रलोक प्रतिष्ठानले प्रदान गर्ने ’उत्कृष्ट शैक्षिक संस्था सम्मान २०८१’ बाट सम्मानित गरिएको हो।

चन्द्रलोक प्रतिष्ठानले प्रदान गर्ने उत्कृष्ट शैक्षिक संस्था सम्मान २०८१ प्रदान कार्यक्रममा प्रमुख अतिथि पूर्व प्रधानमन्त्री माधव कुमार नेपालबाट एसपीए कलेजका क्याम्पस प्रमुख योगराज उपाध्यायले सम्मान पत्र ग्रहण गरेका छन्।

सम्मान पत्रमा भनिएको छ, ’प्रविधिमैत्री, प्रतिस्पर्धी र क्षमतावान् शैक्षिक जनशक्ति उत्पादनमा त्यस संस्थाले अतुलनीय योगदान गर्दै आइरहेको छ।

भौतिक पूर्वाधार, प्राविधिक व्यवस्थापन तथा गुणात्मक शिक्षाको संयोजनबाट प्रदेश स्तरमा उत्कृष्ट शैक्षिक संस्थाको रूपमा आफूलाई स्थापित गर्न सफल त्यस संस्थाले आगामी दिनमा प्रतिस्पर्धी शिक्षाको विकासका साथै देशभक्त, आदर्शवान् र नैतिकवान शैक्षिक जनशक्ति उत्पादनमा निरन्तर अग्रणी भूमिका निर्वाह गर्न सफल रहोस् भन्ने कामना गर्दै चन्द्रलोक प्रतिष्ठानको तर्फबाट उत्कृष्ट शैक्षिक संस्था सम्मान २०८१ प्रदान गरिएको छ।’

सम्मान ग्रहण गर्दै एसपीए कलेजका क्याम्पस प्रमुख योगराज उपाध्यायले यो सम्मानलाई हामीले निकै ग्रहंगो उपहारका रूपमा ग्रहण गरेको बताउँदै अझै शिक्षा क्षेत्रमा अग्रणी भूमिका खेल्न हौसला र प्रेरणा मिलेको बताउँदै कलेज परिवार सदै कटिबद्ध भई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा गर्विलो शैक्षिक संस्था बनाउन प्रतिबद्ध भई लाग्ने बताए।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...
बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना, ९ जना घाइते

बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना, ९ जना घाइते

बाजुरा जिल्लाको हिमाली गाउँपालिका–५ क्युडीस्थित कुवाडी–क्युडी भित्री कच्ची सडकखण्डमा सोमबार दिउँसो भएको जिप दुर्घटनामा चालकसहित ९ ...