Skip to main content

धनगढी न्यूज

एक यात्रु शिवराज: श्री एयरमा लफडादेखि हिरासतसम्म

Advertisement

धनगढी : काठमाडौं-धनगढी उडानका क्रममा मंगलबार श्री एयरलाइन्सको विमानमा एयर होस्टेजमाथि दुर्व्यवहार गरेको भन्दै कैलालीका शिवराज ओझालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

उनले उडानका क्रममा एयरहोस्टेज मात्र नभएर अन्य यात्रुहरू समेत असर पर्ने खालका गतिविधि देखाएको बताइएको छ। त्रिभुवन विमानस्थलबाट ४ बजे उडने श्री एयरलान्सको उडान नंम्बर २२५ को जहाज ५० मिनेट ढिलोगरी ४ः५० मा धनगढीका लागि उडेको थियो।

उमेरले नाबालक रहेको ओझा गोदावरी नगरपालिका १ का हुन्। उनी १७ वर्षका मात्रै रहेका खुलेको छ।

जहाज उडेलगत्तै देखि ओझाले दुई जना एयरहोस्टेज मध्ये एकलाई जिस्काउन थालिसकेका थिए।

श्रीएयरलाईन्सका धनगढी स्टेशन म्यानेजर गजेन्द्र शाहीले दिएको जानकारी अनुसार ती यात्रुले सबैभन्दा पहिला सिटबेल्ट लगाउन मानेनन्। एयरहोस्टेजले पटक–पटक सिटबेल्ट लगाउन भन्दा पनि उनले नमानेर जिस्काईरहे।

त्यसपछिको उनले सीटको ह्याण्डील (हातराख्ने ठाउँ) मा खुुट्टा राखेर ग्यालरीमा हिडन असहज हुने हर्कत गरे।

उनले जहाजको ग्यालरीमा पानी र पेयपदार्थ दिन आउने बेला एयरहोस्टेजलाई लात्ता लाग्ने गरी अटेर गरिरहे। ‘तीनरचार पटक अनुरोध गर्दा पनि नमानेपछि एयर होस्टेजले क्याप्टेन सुगम धिमिरेलाई जानकारी गराईन्। त्यतीबेला काठमाण्डौंबाट जहाज आधा समय उडिसकेको थियो’, स्टेशन म्यानेजर शाहीले भने।

उनले जहाजको ग्यालरीमा पानी र पेयपदार्थ दिन आउने बेला एयरहोस्टेजलाई लात्ता लाग्ने गरी अटेर गरिरहे।

‘यस्तो अवस्था आएमा प्रायजसो क्याप्टेनले जहाज डाईभर्ट गर्ने पर्छन। क्याप्टेनले यात्रु र उडान दलका सदस्यको सुरक्षाका लागि भन्दै प्राय जहाज फर्काएका उदाहरण पनि छन्’, शाहीले भने।

‘तर क्याप्टेन घिमिरेले घटनाको जानकारी नागरिक उड्डयन प्राधिकरणको धनगढी कार्यालयलाई गराए। प्राधिकरणले प्रहरीलाई जानकारी गरायो। जहाज अवतरण हुने बित्तिकै ओझा धनगढी विमानस्थलबाटै पक्राउ परे।’

श्रीययरलाईन्सको उडान नं.२२५ को उक्त जहाज क्याप्टेन सुगम घिमिरे र अलिस आचार्यले उडाईरहेका थिए। काठमाण्डौंमा जहाजमा चढने बेला पनि ती युवकको एकजना यात्रुसँग भनाभन भएको थियो।

जहाजमा अन्तिम समयमा चढेका ती युवक १ नम्बर सीटमा बसेका थिए। उक्त सीट एयरहोस्टेज बस्ने ढोकानजिकै हुन्छ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...