Skip to main content

धनगढी न्यूज

गुल्मी: ६५ जना पुरुषद्वारा सम्बन्ध विच्छेद मुद्दा दर्ता

Advertisement

तम्घास,साउन १८ गते । गुल्मीका ६५ जना पुरुषले श्रीमतीसँग सम्बन्ध विच्छेद गरी पाउँ भनी गुल्मी जिल्ला अदालतमा मुद्दा दर्ता गराएका छन् । जस मध्ये ४३ मुद्दा फर्छ्यौट भएको र २२ वटा मुद्दा फर्छ्यौट गर्न बाँकी रहेको अदालतका सूचना अधिकारी कमल पन्थीले जानकारी दिनुभयो ।

पन्थीका अनुसार गत आर्थिक वर्षमा अदालतमा ३८३ सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएकोमा ३१० मुद्दा  फर्छ्यौट भएको र ७३ मुद्दा फर्छ्यौट गर्न बाँकी रहेका छन् ।  पुरुष वादी भएका ६५ मध्ये ४३ र महिला वादी भएका ३१८ मध्ये २६७ मुद्दा  फर्छ्यौट भएका छन् ।

आर्थिक वर्ष २०७९।०८० मा ७३ जना पुरुषले श्रीमतीसँग सम्बन्ध विच्छेद गरी पाउँ भनी मुद्दा दर्ता गराएका थिए  । सम्बन्ध विच्छेद सम्बन्धी परेको कुल ३८२ थान मुद्दाहरू मध्ये ७३ जना पुरुषले श्रीमतीसँग सम्बन्ध विच्छेद गरी पाउँ भनी मुद्दा दर्ता गराएका थिए ।

मुलुकी देवानी संहिता २०७४ अनुसार पुरुषले पनि सोझै अदालतमा गई सम्बन्ध विच्छेद गरी पाउँ भनी मुद्दा दर्ता गर्न सक्ने भएपछि पुरुषले पनि सम्बन्ध विच्छेदका मुद्दा दर्ता गराएको पन्थीले बताउनुभयो  ।

विशेष गरी श्रीमान् वैदेशिक रोजगारीमा रहँदा श्रीमतीले आर्थिक हिनामिना गर्ने, आन्तरिक झैझगडा र परपुरुषसँगको सम्बन्धका कारण पुरुषले सम्बन्ध विच्छेदका मुद्दा दर्ता गर्ने गरेको उहाँको भनाइ छ ।

यस्तै महिलाहरूले पुरुषसँग सम्बन्ध विच्छेद गरी पाउँ भनी  ३०९ थान मुद्दाहरू मध्ये २७२ थान मुद्दाहरू फर्छ्यौट भएको र ३७ थान मुद्दा फर्छ्यौट गर्न बाँकी रहेका  थिए । महिलाहरूले पुरुषसँग सम्बन्ध विच्छेदका मुद्दा दर्ता गर्नुका कारणहरूमा घरेलु हिंसा , कुटपिट लगायतका कारणहरू रहने गरेको अदालतले जनाएको छ ।

गत आर्थिक वर्ष जिल्ला अदालत गुल्मीमा कुल ६७४ थान मुद्दा रहेकोमा ४८० थान मुद्दा फर्छ्यौट भएको र बाँकी १९४ मुद्दा रहेको अदालतले जनाएको छ ।

अदालतको लक्ष्य  अनुसार वार्षिक रूपमा फैसला गर्नुपर्ने मुद्दाको सङ्ख्या ४५४ मध्ये असार मसान्तसम्म ४८० थान मुद्दा फर्छ्यौट भएकोले लक्ष्य भन्दा २६ मुद्दा बढी फर्छ्यौट भएको सूचना अधिकारी कमल पन्थीले  बताउनुभयो

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...
बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना, ९ जना घाइते

बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना, ९ जना घाइते

बाजुरा जिल्लाको हिमाली गाउँपालिका–५ क्युडीस्थित कुवाडी–क्युडी भित्री कच्ची सडकखण्डमा सोमबार दिउँसो भएको जिप दुर्घटनामा चालकसहित ९ ...
धनगढीकी एक युवती काठमाडौँ बसपार्कको होटलमा मृत फेला

धनगढीकी एक युवती काठमाडौँ बसपार्कको होटलमा मृत फेला

काठमाडौँको नयाँ बसपार्क स्थित एउटा गेस्ट हाउसमा धनगढीकी युवतीको शव भेटिएको छ। नयाँ बसपार्कस्थित एक गेस्टहाउसमा अन्दाजी २५/३० वर...