Skip to main content

धनगढी न्यूज

अत्तरिया खानेपानीले साढे ३ करोड कमायो, २४ लाख बक्यौता

Advertisement

 

attariya hospital

अत्तरिया – कैलालीको अत्तरिया साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले एक आर्थिक वर्षमा साढे ३ करोड बढी आम्दानी गरेको छ ।

खानेपानी संस्थाले आर्थिक वर्ष २०८०/०८१ मा ३ करोड ५७ लाख ३२ हजार ४६६ रुपैयाँ आम्दानी गरेको हो । संस्थाका कार्यालय प्रमुख कुलानन्द पनेरुले खानेपानीको महसुलबाट उक्त आम्दानी प्राप्त गरिएको बताए । यस्तै संस्थाले गत आर्थिक वर्षको २४ लाख ३० हजार ८७५ रुपैयाँ बक्यौता उठाउन बाँकी रहेको छ । कार्यालय प्रमुख पनेरुले करिब १ हजार ७ सय उपभोक्ताबाट उक्त रकम उठाउन बाँकी रहेको बताए । हाल संस्थाले ५ हजार १३७ उपभोक्तालाई खानेपानी वितरण गर्दै आएको छ । संस्थाले गत आर्थिक वर्षमा ३ करोड ८५ लाख ८१ हजार ३६८ रुपैयाँ खर्च गरेको र हाल संस्थाको नगर विकास कोषमा ३ करोड १० लाख ३६ हजार ७५५ रुपैयाँ ऋण रहेको कार्यालय प्रमुख पनेरुले बताए ।

संस्थामा हाल ६ सय घन मिटर र ४२५ घन मिटरका २ वटा ओभरहेड ट्यांकीहरु रहेका छन् भने एउटा २ सय घन मिटरको रिजर्भ ट्यांकी रहेको छ । संस्थाले मेन र शाखा गरी १०९ किलोमिटर पाइप लाइन बिस्तार गरिसकेको छ । २०५८ सालमा स्थापना भएको संस्थाले हाल गोदावरी नगरपालिकाको वडा नम्बर १, २ र ४ का उपभोक्ताहरूलाई खानेपानी वितरण गर्दै आएको छ ।

महँगो महसुल

खानेपानी संस्थाले हाल खपत युनिट अनुसार महसुल कायम गरेको छ । तर, उक्त महसुल ग्रामीण क्षेत्र र सुदूरपश्चिमका मुख्य सहर धनगढी, महेन्द्रनगरको तुलनामा महँगो रहेको छ । कार्यालय प्रमुख पनेरुका अनुसार हाल संस्थाले ० देखि ८ युनिटको न्यूनतम महसुल १५० लिँदै आएको छ । यस्तै ९ देखि १६ युनिटको प्रति युनिट २५ रुपैयाँ, १७ देखि २४ युनिटको प्रतियुनिट ३० रुपैयाँ र २४ भन्दा माथिको प्रतियुनिट ३५ रुपैयाँका दरले महसुल उठाउँदै आएको छ ।

नेपाल खानेपानी संस्थान मार्फत खानेपानी वितरण हुने सुदूरपश्चिमका प्रमुख सहर धनगढी र महेन्द्रनगरमा भने १० युनिटको न्यूनतम ११० रुपैयाँ र त्यसभन्दा माथि प्रतियुनिट २५ का दरले महसुल लिने गरिएको छ ।

यस्तै गोदावरी नगरपालिका भित्र नै रहेको श्रीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले पनि प्रतियुनिट २० रुपैयाँका दरले महसुल लिँदै आएको छ । संस्थाका अध्यक्ष दीर्घ बहादुर साउँदले न्यूनतम १० युनिटको १५० शुल्क भने रहेको बताए । वडा नम्बर ७ मा रहेको उक्त संस्थामा हाल १४ सय भन्दा बढी उपभोक्ता रहेका छन् ।

यस्तै गोदावरीको ओलानी क्षेत्रमा खानेपानीको वितरण गर्दै आएको गोदावरी गोदावरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले प्रतियुनिट १० रुपैयाँ शुल्क लिँदै आएको छ । समितिका अध्यक्ष कृष्ण विकले न्यूनतम शुल्क १० युनिट सम्मको १५० र त्यो भन्दा मार्थी प्रतियुनिट १० रुपैयाँ मात्रै महसुल लिने गरेको बताए ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय धनगढीकी सूचना अधिकारी सुना पाठक पन्तले खानेपानी संस्थानको महसुल देशभरि एउटै हुने भए पनि उपभोक्ता समितिहरूले भने आ–आफ्नो मापदण्ड बनाएर महसुल लिने गरेको बताइन् । उनले उपभोक्ता समितिहरूले उपभोक्ताको तिर्न सक्ने क्षमताका आधारमा मापदण्ड बनाएर निर्णय गर्ने भएकाले फरक फरक ठाउँमा फरक फरक हुने गरेको बताइन् ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...