Skip to main content

धनगढी न्यूज

दोधारा चाँदनी घटना: बाघले खाएकी आमाको खोजीमा दुधे बालक

Advertisement

धनगढी: कञ्चनपुरमा निकै दु:खद घटना घट्यो। आज बिहानै जिल्लाको दोधारा चाँदनी नगरपालिका–२ की २६ वर्षीया हीरा शाहलाई बाघले आक्रमण गरेपछि उनको स्वर्गारोहण भएको छ। उनी आज बिहीबार बिहानै घर नजिकैको खेतमा घाँस काट्न गएकी थिइन्।

उनको घर नजिकै करिब १० बिगाह क्षेत्रफलमा फैलिएको उखुबारी छ। उनी सोही खेतमा घाँस काटिरहेका बेला नरभक्षी बाघले पछाडिबाट झम्टिएर उखुबारीतर्फ लग्यो। प्रहरीका अनुसार बाघले करिब ५० मिटर घिसारेको थियो।

त्यसपछि उनको त्यहीँ घटनास्थलमै मृत्यु भयो। अहिले उनको क्षतबिक्षत शव दोधारा चाँदनी प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको बताइएको छ। केहीदिनदेखि दोधारा चाँदनी नगरपालिका–२ मा बाघ देखिएको थियो।

मृतक हीरा र मीना शाह देउरानी जेठानी हुन्, उनीहरू सँगै बस्छन्। कलिलो उमेरमै परिवारको सदस्य हीरा गुमाएपछि परिवार अहिले विक्षिप्त छ। परिवारमात्र होइन, उनका दुई वर्षे दुधे छोरा आमा खोजेर रोइरहेका छन्। जेठानीले अबोध ती बालकलाई कहिले केही, कहिले केही भनेर भुलाउने प्रयास गरिरहेकी छन्। तर उनले मान्ने अवस्थै छैन।

हीराले तीन वर्षअघि दोधारा चाँदनीका गोविन्दसँग बिहे गरेकी थिइन्। गोविन्द अहिले मजदुरी गर्न भारतको हिमाचलमा छन्। पत्नीको दुखान्त सुनेपछि उनी घर फर्किँदै छन्।

गोविन्द वैशाखमा बुवाको बरखी गरेर मजदुरी गर्न भारत गएका थिए। यस्तै मृतक हीराकी जेठानी मीनाका श्रीमान् रोजगारीको सिलसिलामा मलेसियामा छन्।

गोविन्दकी आमा ७ वर्षअघि बितेकी थिइन्। बुवाको बरखी सकेर मजदुरी गर्न भारत गएका गोविन्दले पत्नीवियोगको वज्रपात व्यवहोर्नु परेको छ।

उनको परिवार २०५० सालमा दार्चुलाको गोकुलेश्वरबाट दोधारा चाँदनी झरेको थियो। बाघको आक्रमणबाट मान्छे मृत्युको घटनाले दोधारा चाँदनी शोकमा मात्रै डुबेको छैन, त्रासमा पनि छ।

हीरालाई आक्रमणपछि उखुबारीमा लुकेको बाघलाई नियन्त्रणमा लिन सकिएको छैन। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट हात्तीसहितको टोली परिचालन हुँदा पनि बाघलाई नियन्त्रणमा लिन नसकिएको हो। नियन्त्रणमा नआएको बाघलाई हात्ती सहितको सुरक्षाकर्मीको टोलीले पहरा दिइरहेको छ

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...