Skip to main content

धनगढी न्यूज

नेपाली श्रमिकलाई सचेत रहन आग्रह

Advertisement

काठमाडौँ । इजिप्टको कायरोमा रहेको नेपाली दूतावासले लेबनानको राजधानी बेरुतनजिकै दायिहयामा तनावग्रस्त अवस्था सिर्जना भएकाले लेबनानमा रहेका नेपाली श्रमिकलाई सचेत गराएको छ ।

दूतावासले सूचना सार्वजनिक गर्दै लेबनानको दायिहयामा इजरायली आक्रमणमा परेर हिज्बुल्लाहका वरिष्ठ कमान्डर फुआद सुकर मारिएपछि मध्यपूर्वमा तनाव बढ्ने अवस्था सिर्जना भएकाले त्यहाँ रहेका नेपालीलाई सुरक्षित भएर बस्न सचेत गराएको हो ।

लेबनानसमेत हेर्ने इजिप्टको कायरोस्थित नेपाली दूतावासले लेबनानमा कार्यरत नेपाली श्रमिकलाई समस्या पर्न सक्नेप्रति सचेत भई उद्धारका लागि आफ्ना नागरिकको विवरण सङ्कलन सुरु गरेको जनाएको छ ।

साथै दूतावासको सूचनामा नेपाली श्रमिकलाई बेरुतस्थित अवैतनिक नेपाली वाणिज्य दूतावासमा सम्पर्क गर्न अनुरोध गरिएको छ । विकसित घटनाक्रमको निरन्तरता अनुगमन गरिरहेको एवं नेपाली नागरिकको सुरक्षाका लागि बेरुतस्थित अवैतनिक वाणिज्य दूतावासमार्फत सम्बन्धित निकायसँग सम्पर्क र समन्वय गरिरहेको दूतावासको सूचनामा उल्लेख छ ।

दूतावासको विज्ञप्तिमा लेबनानमा रहेका नेपालीको सूची अद्यावधिक गराउने उद्देश्यका साथ दूतावासले वेभसाइटमा लेबनानमा रहेका नेपाली नागरिकलाई आफू रहेको ठेगनासहित आवश्यक विवरण उपलब्ध गराउन आग्रह गरेको छ ।

इजरायली आक्रमणमा इरानमा प्यालेस्टाइनका पूर्वप्रधानमन्त्री तथा हमासका नेता इस्माइल हानिया पनि मारिएका छन् । उहाँको हत्याको बदला लिइने भन्दै इरानले इजरायललाई चेतावनी दिइसकेको छ । यसले मध्यपूर्वमा द्वन्द्व चर्किने सङ्केत देखिएको छ । हमासले गत वर्ष असोज २० इजरायलविरुद्ध आक्रमण गरेको थियो । आक्रमणमा एक हजार दुई सय जना तत्काल मारिएका थिए भने सय जनाभन्दा बढीले आक्रमणको केही दिनमा ज्यान गुमाएका थिए ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...