Skip to main content

धनगढी न्यूज

कञ्चनपुरमा भारी वर्षा

Advertisement

मनसुन सक्रिय हुँदा कोशीदेखि सुदूरपश्चिम प्रदेशसम्मै वर्षा भएको छ । अन्य जिल्लाको तुलनामा सुदूरपश्चिमको कञ्चनपुरमा बढी वर्षा भएको छ ।

यो समाचार तयार पार्दासम्म विगत ६ घण्टाको अवधिमा कञ्चनपुरको सुन्दरपुरमा ८५.६ र हनुमाननगर (भम्का)मा ५३ मिलिमिटर वर्षा मापन भएको छ ।

हनुमाननगरमा एक घण्टाको अवधिमा ११.४ मिलिमिटर वर्षा भएको रेकर्ड छ ।

जल तथा मौसम विज्ञान विभागले ती केन्द्रहरुमा थप वर्षाको सम्भावना रहेको जनाएको छ । त्यसैले सो क्षेत्र भई बग्ने दैजी, चौधर, सुहेली र अन्य साना नदीहरुमा बाढीको जोखिम रहेकाले सतर्कता अपनाउन विभागले भनेको छ ।

तडीको डिनासैली, बाजुराको बाजुरा र अछामको असराघाटमा पनि भारी वर्षा रेकर्ड भएको छ । कोशी प्रदेशमा मोरङको केराबारी, सुनसरीको धरान बजार र धनकुटाको मछुवाघाटमा पनि भारी वर्षा भएको छ ।

विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तर तर्फ (नेपाल नजिक) अवस्थित रहेकाले देशभर मनसुनी वर्षा भइरहेको छ । सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ ।

आज कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा मधेश प्रदेशका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाको बुलेटिनमा उल्लेख छ । महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना छ । कोशी र सुदूरपश्चिम प्रदेशका थोरै साथै लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना पनि छ ।

अति भारी वर्षाका कारण विपदका घटना हुनसक्ने भन्दै राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च सतर्कताका लागि मंगलबार सूचना जारी गरेको थियो ।

प्राधिकरणले रातिको समयमा बाढी पहिरोको आकलन गर्न कठिन हुने भएकाले जोखिममा रहेका जिल्लामा रात्रिकालीन बस नचलाउन अनुरोध समेत गरेको छ ।

भारी वर्षाको समयमा जरुरी काम बाहेक यात्रा नगर्न, नदी किनाराका बासिन्दा चनाखो रहन र समस्या परे सुरक्षा निकायमा तुरुन्त खबर गर्न प्राधिकरणले भनेको छ ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...
बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना, ९ जना घाइते

बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना, ९ जना घाइते

बाजुरा जिल्लाको हिमाली गाउँपालिका–५ क्युडीस्थित कुवाडी–क्युडी भित्री कच्ची सडकखण्डमा सोमबार दिउँसो भएको जिप दुर्घटनामा चालकसहित ९ ...
धनगढीकी एक युवती काठमाडौँ बसपार्कको होटलमा मृत फेला

धनगढीकी एक युवती काठमाडौँ बसपार्कको होटलमा मृत फेला

काठमाडौँको नयाँ बसपार्क स्थित एउटा गेस्ट हाउसमा धनगढीकी युवतीको शव भेटिएको छ। नयाँ बसपार्कस्थित एक गेस्टहाउसमा अन्दाजी २५/३० वर...