Skip to main content

धनगढी न्यूज

गोदावरी नगरपालिकाले ६ लेन सडकमा स्मार्ट सडक बत्ती जडान गर्ने

Advertisement

धनगढीः कैलालीको गोदावरी नगरपालिकाले ६ लेन सडकमा स्मार्ट सडक बत्ती जडान गर्ने भएको छ।

नगरपालिकाले १६ महिनाअघि नै विद्युत प्राधिकरणसँगको साझेदारीमा बत्ती जडानका लागि रकम जम्मा गरिएको भए पनि पहिलो टेण्डर रद्द गरिएको थियो। गोदावरी नगरपालिकाभित्र पर्ने ६ लेन सडकमा चालु आर्थिक वर्षभित्रै स्मार्ट बत्ती बाल्ने योजना अनुसार दोस्रो पटक टेण्डर आह्वान गरिन लागेको हो।

करिब ७ किलोमिटरमा चालु आर्थिक वर्षभित्रै झिलिमिली हुने नगरपालिकाको दाबी छ। नेपाल विद्युत प्राधिकरण र गोदावरी नगरपालिकाको लागत साझेदारीमा स्मार्ट सडक बत्ती जडान हुने भएको छ। नगरपालिकाको ६५ प्रतिशत र प्राधिकरणको ३५ प्रतिशत लगानीमा स्मार्ट सडक बत्ती जडान हुने नगर प्रमुख बिरेन्द्र भट्टले बताए।

‘हामी निर्वाचित भएर आए लगतै स्मार्ट सडक बत्ती बाल्ने प्रक्रियामा लागेका हौँ तर देशभरका २२ स्थानीय तहका लागि प्राधिकरणले ग्लोवल टेण्डर निकालेको र तीनमध्ये एउटा कम्पनीको मापदण्ड पूरा नभएकाले त्यो टेण्डर रद्द गर्नुपर्दा काम गर्न विलम्ब भएको हो,’ उनले भने। ‘पहिले ६० प्रतिशत पालिका र ४० प्रतिशत लगानी प्राधिकरणको हुने भन्ने थियो।

अहिले ६५ हामीले र ३५ प्रतिशत प्राधिकरणको लगानी काम हुने भएको छ।’ गोदावरी नगरपालिकाले स्मार्ट सडक बत्ती जडान गर्न १६ महिनाअघि नै विद्युत प्राधिकरणलाई एक करोड अग्रिम भुक्तानी गरेको छ। गोदावरीसहित देशभरका २२ स्थानीय तहका लागि प्राधिकरणले ग्लोबल टेण्डर गरेको भए पनि तीनमध्ये एउटा कम्पनीको तोकिएको मापदण्ड पूरा नहुँदा दोस्रो पटक टेण्डर गर्नुपरेको नगरप्रमुख भट्टले बताए।

उनले आगामी साता प्राधिकरणले १५ दिनको म्याद राखेर दोस्रो पटक टेण्डर गर्ने र त्यसपछि काम अगाडि बढ्ने बताए। गोदावरी नगरपालिकामा पर्ने धनगढी–अत्तरिया ६ लेन सडकमा चालु आर्थिक वर्षभित्रै स्मार्ट सडक बत्ती बाल्ने दाबी नगर प्रमुख भट्टको छ।

उनले सडक क्षेत्र सुरक्षित बनाउन र सौन्दर्य बढाउन धनगढीमा झै स्मार्ट बत्ती जडान यो आर्थिक वर्षभित्रै गर्ने बताए। ६ लेन सडकको गोदावरी नगरपालिकामा पर्ने खण्डमा स्मार्ट सडक बत्ती जडान गर्न ३ करोड लाग्ने स्टिमेट गरिएको छ। निर्माण कम्पनीले टेण्डर गर्दा कबोल गरेको रकमको ६५ प्रतिशत गोदावरी नगरपालिका र ३५ प्रतिशत नेपाल विद्युत प्राधिकरणले व्यहोर्ने छ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...