Skip to main content

धनगढी न्यूज

घुस दिएर सुदूरपश्चिममा रिसोर्ट र केबलकार बनाउँदै ढकाल

Advertisement

धनगढी: नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सुदूरपश्चिममा केबलकार सहितको रिसोर्ट सञ्चालनमा ल्याउने भएका छन्। ढकालले कैलालीको चिसापानी क्षेत्रमा केबलकार बनाउन लागेका हुन्।

त्यसकै सिलसिलामा आज बिहान कैलालीको चिसापानी क्षेत्रको पहाडी भूभागतिर ढकाल ट्रेकिङमा गएका थिए।उनले राजमार्गसँगैको चिसापानीदेखि राजकाँडासम्म उनले लौरो टेकेर यात्रा गरेका थिए।

करिब साढे तीन घण्टा लामो ट्रेकिङ गर्दै उनी राजकाँडा पुगेको बताइन्छ। सोही स्थानमा उनी अध्यक्ष रहेको आईएमई ग्रुपले केबलकार र रिसोर्ट निर्माण गरिरहेको छ। जाल्पादेवी केबलकार निर्माणपछि सो क्षेत्रमा आन्तरिक तथा वाह्य पर्यटन प्रवर्धन हुने ढकालको विश्वास छ।

तर ढकालले सो क्षेत्रमा आफ्नो योजना लागू गराउन घुस दिनेदेखि शक्तिकेन्द्रलाई खुसामद गराउनेसम्मको हतकन्डा अपनाएको पनि खुलेको छ। उच्च स्रोतका अनुसार ढकालले वनका कर्मचारीलाई रुख कटान आदेशका लागि घुस दिएको खुलेको छ।

ढकालले निर्माणका लागि रुख कटानमा ढिलाई हुने देखिएपछि घुस दिएर काम फत्ते गरेको बताइन्छ। त्यसका लागि उनले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पनि रिझाएका थिए।

उसो त ढकालले निर्माण गर्ने भनिएको जग्गा पनि सरकारी भएको भन्दै विवाद हुने गरेको छ। यद्यपि सो कुरालाई वनका कर्मचारीले पुष्टि भने गरेका छैनन्।

सो इलाका इलाका वन कार्यालय पहलमानको क्षेत्राधिकार अन्तरगत पर्दछ। अहिले केबुलकार निर्माणका लागि रुख कटानको काम सकिएको छ भने योजनास्थलमा एक हजार ८६६ रुख काटिएको वन कार्यालयले जनाएको छ।

सो केबलकारमा जिल्ला समन्वय समिति कैलालीका पूर्व सभापति सूर्यबहादुर थापाको पनि केही लगानी रहेको बुझिएको छ भने ढकालले उनैमार्फत घुसदेखि सेटिङ मिलाउने गरेको बताइन्छ।

आगामी २ वर्षभित्र चिसापानीदेखि राजकाँडासम्म केबुलकार सञ्चालनमा ल्याउने उनीहरूको दाबी छ।  सो परियोजना सम्पन्न गर्न ७ अर्ब लगानी अनुमान गरिएको छ। सो परियोजनाको निर्माणस्थल लम्कीचुहा नगरपालिका–३ चिसापानी र मोहन्याल गाउँपालिका–७ राजकाडाँसम्म पर्दछ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...