Skip to main content

धनगढी न्यूज

अत्तरियामा जब प्रहरीले जुस सेन्टर राति १० बजेपछि पनि खुलै देख्यो…

Advertisement

अत्तरिया- अत्तरियाको लोटस गल्लीमा रहेको थ्रिडिभिएल जुस सेन्टरमा राति प्रहरी आएर दुर्व्यवहार गरेको जुस सेन्टरमा कार्यरत क्षितिज साउदले बताएका छन् । उनले राति १० बजेपछि खाना खाइरहेका बेला प्रहरी आएर दुर्व्यवहार गरेको बताएका हुन् ।

साउदले राति पसल बन्द गर्ने बेलामा भ्यानसहित आएको प्रहरी टोलीले पसल बन्द गर भनेको तर आफूहरु खाना खाइरहेकाले खाएर बन्द गर्छु भन्दा प्रहरीले गाडीमा जबरजस्ती हाल्न खोजेको बताए । राति सवा १० बजे थ्रिडिभिएलकै चार जना बसेर खाना खाइरहेका बेला प्रहरीले खाना खाएर बन्द गर्छौँ भन्दा नमानी गाडीमा हालेर लगौँ भनेर दुर्व्यवहार गरेको उनले बताए ।

प्रहरीले थ्रिडिभिएलकै डबल साउँदलाई भ्यानमा हालेर चौकी लगेका थिए । इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर थापाले राति १० बजेको समयमा अत्तरिया बजारमा सबै पसलहरु बन्द हुने र नभएका पसलहरु प्रहरीले बन्द गराउने गरिएको हुँदा मंगलबार राति १० बजेपछि पनि पसल खुलै रहेकाले बन्द गर भन्दा प्रहरीसँग नै बोल्न थालेपछि साउँदलाई चौकी लगिएको बताए । उनले साउँदलाई सम्झाई बुझाई गरेर छोडेको बताए ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...