Skip to main content

धनगढी न्यूज

हिलाम्मे दशरथ रंगशाला, खेलाडीको जिउभरी हिलो

Advertisement

काठमाडौं (हाम्रो खेलकुद)- भुटानको पारो एफसी एएफसी च्यालेन्ज लिग समूह चरणका‌ लागि छनोट भएको छ।

दशरथ रंगशालामा मंगलवार नेपालको चर्च ब्वाइज युनाइटेडलाई २-१ ले हराउँदै पारो समूह चरणमा पुगेको हो।

पारोको जितमा किंगा वाङचुक र विलियम ओकोपोले गोल गरे। लाकेन लिम्बुको गोल सान्त्वना गोलमा सिमित बन्यो।

खेलको ३९औं मिनेटमा चर्च ब्वाइजले अग्रता बनायो। मोजेजको हेडर पासमा क्लोज रेन्जबाट लाकेन लिम्बुको ट्याप इन गोलमा परिणत भयो। तर यो अग्रता एक मिनेट पनि टिक्न सकेन।

गोल भएर रिलिज भएकै बलमा चर्च ब्वाइजका दीप कार्कीले मिस गरेको बलमा किंगा वाङचुकले खाली पोष्टमा गोल गरे। पहिले हाफ एक-एक गोलको बराबरीमा सकियो।

खेलको ६७औं मिनेटमा पारोले घरेलु टोली विरूद्ध अग्रता बनायो। पारोका गोलकिपर मिलोस क्युपिकले दिएको लामो पासमा विलियम ओकोपोले बक्सको एजबाट हानेको प्रहार गोलमा परिणत भयो। पारोले खेलमा दुई शुन्यको अग्रता बनायो।

यसअघि खेलको १०औं मिनेटमा पारोका विलियम ओपोकुको प्रहार पोलमा लागेर फर्किएपछि काउन्टर एटयाकमा चर्च ब्वाइजका एरिक बिष्टले बक्सबाट हानेको प्रहार बाहिरियो।

यसपछि १८औं मिनेटमा पारोले पाएको मौकालाई सदुपयोग गर्न सकेन भने सोही मुभमा गोल पनि भएको थियो। तर सहायक रेफ्रीले अफ साइडको झन्डा उठाइदिए। खेलको ३०औं मिनेटमा पारोले गोल गर्ने राम्रो मौका गुमायो। बक्सको लाइनबाट केशुके होन्डाले हानेको प्रहार पोलमा लागेर फर्कियो।

दोस्रो हाफको सुरूवातमा नै चर्च ब्वाइजले पाएको राम्रो मौका गुमायो। यसपछि खेलको ५६औं मिनेटमा आयुष घलानको पासमा चर्च ब्वाइका सनिश श्रेष्ठको प्रहारलाई पारोका गोलकिपर मिलोस क्युपिकले मुस्किलले बचाए।

खेलको ८२औं मिनेटमा चर्च ब्वाइजका सञ्जीव बिष्टले हानेको राम्रो प्रहारलाई किपरले उत्कृष्ट बचावट गरे। ८९औं मिनेटमा चर्च ब्वाइज फेरि चुक्यो। पिटर बान्डाको प्रहार आकाशियो। यसपछि खेलमा थप गोल हुन सकेन र पारोले घरेलु टोलीलाई स्तब्ध पार्यो।

दशरथ रङ्गशालाको हिल्लामे मैदानमा भएको खेलमा भुटानको लिग च्याम्पियन पारो फुटबल क्लब एसियाको स्टार केशुके होन्डाको कप्तानीमा उत्रिएको थियो। खेल सुरू हुनुभन्दा केहि समय अगाडि परेको मुसलधारे वर्षाले खेल मैदान हिल्लामे बन्यो। बल गुडने गतिलाई अन्दाज गर्न समेत खेलाडीलाई कठिन परेको थियो। गत वर्ष मछिन्द्रसँग भोगेको हारको बदला पारोले यो पटक चर्च ब्वाइजसँग लिएको छ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...