Skip to main content

धनगढी न्यूज

पढाइ छाडेर यार्चागुम्बा टिप्न व्यस्त

Advertisement

कर्णालीका विद्यार्थी हरेक वर्ष मुगुको उत्तरी भेगमा यार्चागुम्बा सङ्कलन गर्न जान्छन् ।

मुगुको विकट क्षेत्रमा रहेको मुगमकार्मारोङ गाउँपालिकाका पाटनमा यार्चागुम्बा पाइन्छ । हिमाली भेगका अग्ला पहाडमा रहेका सम्म परेका मैदानलाई पाटन भनिन्छ । त्यहाँ जान निकै जोखिम मोल्नु पर्छ ।

लेक लाग्ने वा हिउँ पहिरोमा परेर बर्सेनि कतिपय विद्यार्थीले ज्यानसमेत गुमाउने गरेका छन् । हिमाली क्षेत्रमा जति जति उचाइ बढ्दै जान्छ उति उति अक्सिजनको मात्रा र हावाको चाप कम हुँदै जान्छ । उचाइमा पुग्दा शरीरमा अक्सिजनको मात्रा कम भई टाउको दुख्ने, सास रोकिएला जस्तो हुने, वाकवाकी लाग्ने आदि समस्या हुन्छ । यसलाई लेक लागेको भनिन्छ । समयमा पर्याप्त अक्सिजन उपलब्ध हुन नसक्दा मानिसको ज्यानसमेत जानसक्छ ।

यार्चागुम्बा वनस्पति र जीव दुवै हो । हिमाली भेगमा पाइने ढुसी र झुसिलकिरा एकै ठाउँमा जोडिएर रहेको वस्तु नै यार्चागुम्बा हो । छ महिना किरा र छ महिना वनस्पति भएर रहन्छ । यो समुद्र सतहबाट करिब तीन हजार आठ सय मिटरदेखि चार हजार आठ सय मिटरसम्मको उचाइमा पाइन्छ । यो महँगो जडीबुटी हो । त्यसैले यसलाई हिमालको सुन पनि भनिन्छ । यसलाई यार्चागुम्बा वा सङ्क्षेपमा यार्चा वा यार्सा पनि भन्ने गरिएको पाइन्छ । सजिलै नदेखिने भएकाले भुइँमा पल्टिएर यार्चागुम्बा खोज्ने चलन हुन्छ । कुटोले कोट्याउँदै जमिनमुनिबाट यार्चागुम्बा निकालिन्छ ।

नेपालमा तीन प्रकारका यार्चागुम्बा पाइन्छ । ती सबै प्रयोगयोग्य र बहुमूल्य हुँदैनन् । नेपालमा पाइने यार्चागुम्बामध्ये कोर्डिसेप्स सिनेन्सिस प्रजातिको यार्चागुम्बा मात्र बहुमूल्य र प्रयोगमा आउँछ । यसलाई औषधीका रूपमा प्रयोग गरिन्छ ।

कालीकोट, जुम्ला, हुम्ला आदि जिल्लाका विद्यार्थी यार्चागुम्बा सङ्कलन गरिरहन्छन् । त्यो बेला उनीहरूले पढाइ छाडेका हुन्छन् । विद्यार्थी नभएपछि धेरै जसो विद्यालय पनि त्यो बेला बन्द हुने गर्दछ । घरको आर्थिक समस्याले गर्दा उनीहरूले दुःख गरेर यार्चागुम्बा टिप्न जानुपरेको हो । अभिभावक पनि साथमै जाने भएकाले यार्चागुम्बा सङ्कलन गर्ने मौसममा कतिपय गाउँ नै रित्ता हुन्छन् । एउटा विद्यार्थीले कम्तीमा ५० हजारदेखि डेढ लाख रुपियाँ बराबरको यार्चागुम्बा सङ्कलन गर्छन् ।

यार्चागुम्बा सङ्कलन गर्न जाने विद्यार्थीले सुत्नका लागि ओढ्ने ओच्छ्याउने लुगा, बसुन्जेल पुग्ने खानेकुरा, पकाउने र खाने भाँडाकुँडा पनि आफैँले बोकेर लैजान्छन् । यार्चागुम्बा पाउने ठाउँसम्म पुग्न घरबाट दुई/तीन दिनसम्म गह्रौँ सामान बोकेर हिँड्नु पर्छ । विद्यार्थीका लागि यो काम निकै कठिन हुन्छ । त्यसमाथि लेक लाग्ने सम्भावना पनि उत्तिकै हुन्छ ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...
बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना, ९ जना घाइते

बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना, ९ जना घाइते

बाजुरा जिल्लाको हिमाली गाउँपालिका–५ क्युडीस्थित कुवाडी–क्युडी भित्री कच्ची सडकखण्डमा सोमबार दिउँसो भएको जिप दुर्घटनामा चालकसहित ९ ...
धनगढीकी एक युवती काठमाडौँ बसपार्कको होटलमा मृत फेला

धनगढीकी एक युवती काठमाडौँ बसपार्कको होटलमा मृत फेला

काठमाडौँको नयाँ बसपार्क स्थित एउटा गेस्ट हाउसमा धनगढीकी युवतीको शव भेटिएको छ। नयाँ बसपार्कस्थित एक गेस्टहाउसमा अन्दाजी २५/३० वर...