Skip to main content

धनगढी न्यूज

अमेरिकामा दुई हप्तादेखि नेपाली नर्स बेपत्ता

Advertisement

काठमाडौं–  दुई हप्तादेखि बेपत्ता भएकी २८ वर्षीया नेपाली मूलकी नर्स ममता काफ्ले अझै सम्पर्कविहीन छन्। मनसास पार्क प्रहरी विभागले खोजी कार्य तीव्र पारिएपनि अझै सम्पर्कमा नआएको  जनाएको छ।

भर्जनियाको मनसास पार्क प्रहरी विभागले ममता काफ्लेको खोजीका लागि सर्वसाधारणसँगसमेत सहयोगका लागि अपिल गरेको छ। भर्जिनिया राज्य पुलिसले ममता पत्ता लगाउन मद्दत गर्न सबै भर्जिनिया र अन्य अमेरिकी पुलिस एजेन्सीहरूलाई समेत जानकारी गराएको जनाएको छ।

प्रहरीको अनुसन्धान अधिकृतहरुले छिमेकी, आफन्त, साथीभाइ र उनका श्रीमान्सँग पटकपटक सोधपुछ गरेर बुझेको प्रहरीले उल्लेख गरेको छ। उनी २७ जुलाइमा युभीए हेल्थ  प्रिन्स विलियम मेडिकल सेन्टरमा देखिएको र उनीसँग साथीहरुले अन्तिम पटक २८ जुलाईमा कुरा गरेका पाइएको प्रहरीले जनाएको छ। श्रीमान्‌ले ३१ जुलाई (१६ साउन) मा अन्तिमपटक देखेको बताएका छन्।

तर, अगस्ट ३ गतेसम्म उनको श्रीमानेले उनी हराएको खबर प्रहरीलाई नदिएको बताइएको छ। प्रहरीले भनेको छ,  ‘जम्मा ११ महिनाको बच्चा छाडेर बेपत्ता हुनुले गम्भीर चिन्ता र प्रश्न खडा गरेको छ।’

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...