Skip to main content

धनगढी न्यूज

मन्त्रिपरिषद् बैठक: सरकारले परराष्ट्रमन्त्री राणाको भारत भ्रमण स्वीकृत

Advertisement

परराष्ट्रमन्त्री डा. अर्जु राणा भदौ ३ गतेदेखि भारतको पाँच दिने भ्रमणमा जानुहुनेछ।

साउन ३१ गते बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्रमन्त्री राणाको नेतृत्वमा भारत भ्रमण गर्ने कार्यक्रमलाई स्वीकृति दिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले बताउनुभयो।

त्यसैगरी, सरकारले अन्तर्राष्ट्रिय विकास संघ, विश्व बैंकबाट १५० मिलियन अमेरिकी डलरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ। ऋण स्वीकार गर्ने सम्बन्धी वित्तीय सम्झौता र कार्यक्रम दस्तावेजलाई अन्तिम रूप दिन अर्थ मन्त्रालयका सहसचिवको संयोजनमा टोली गठन गर्न अनुमति दिइएको छ।

आज सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए अनुसार, ललितपुर महानगरपालिकालाई रसियाको उलान-उडे सहरसँग भगिनी सम्बन्ध स्थापित गर्न पूर्वअनुमति दिइएको छ।

त्यस्तै, बैठकले लगातार दुई आ.व. २०७९/८० र २०८०/८१ मा प्रत्येक वर्ष कम्तीमा १०० नेपालीलाई विदेश रोजगारमा पठाउन नसकेका वैदेशिक रोजगार एजेन्सीहरूको नवीकरणका लागि अवरोध हटाउने निर्णय गरेको छ।

सरकारले उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलको नेतृत्वमा रहेको प्रतिनिधिमण्डललाई आगामी भदौ २४ गते उज्बेकिस्तानमा हुने एशियाली पूर्वाधार लगानी बैंकको सञ्चालक मण्डलको नवौं वार्षिक बैठकमा भाग लिन अनुमति दिएको छ।

यसैगरी, भदौ ५-१० गते भारतमा हुने आठौं अन्तर्राष्ट्रिय ‘धर्म धर्म सम्मेलन’मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेलाई भाग लिन अनुमति दिइएको छ। सरकारले सन् २०२४ को ‘काभा महिला भलिबल लिग’ मा सहभागी १४ नेपाली खेलाडीलाई जनही रु ३ लाख पुरस्कार दिने निर्णय गरेको छ।

सरकारका प्रवक्ता मन्त्री गुरुङले मुख्य भलिबल प्रशिक्षकलाई रु २ लाख, म्यानेजरलाई रु १ लाख र सहायक प्रशिक्षक तथा फिजियोलाई जनही रु १ लाख २० हजार पुरस्कार र सम्मान गर्न अनुमति दिइएको जानकारी दिनुभयो।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा ५९ जना विभिन्न कर्मचारीहरू—अप्रशिक्षित प्रथम श्रेणी, सहसचिव तथा समान दर्जाका कर्मचारीहरूलाई विभिन्न निकायमा सरुवा र काजमा खटाइएको छ।

बैठकले उच्च अदालत पाटनका न्यायाधीश सुदर्शन राज पाण्डेलाई कानुनी सदस्य र राजस्व न्यायाधीकरण कार्यालय पोखराको अध्यक्ष पदमा नियुक्त गरेको छ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...