Skip to main content

धनगढी न्यूज

धनगढीमा सुदूरपश्चिम गौरा महोत्सव २०८१ आयोजना हुने

Advertisement

कैलालीको धनगढीमा सुदूरपश्चिम गौरा महोत्सव २०८१ आयोजना हुने भएको छ।  सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठान र डेउडा प्रतिष्ठान केन्द्रीय कार्यसमिति धनगढी कैलालीको संयुक्त आयोजनामा गौरा महोत्सव हुने भएको हो।

आयोजकले आइतबार धनगढीमा पत्रकार सम्मेलन गरी यहीँ भदौ ८, ९ र १० गते धनगढी उपमहानगरपालिका–९ स्थित पुरानो एयरपोर्र्ट खुल्ला मञ्चमा नवौँ संस्करणको गौरा महोत्सव आयोजना गरिने जनाएको छ।

सुदूरपश्चिम गौरा महोत्सवका अवसरमा विभिन्न कार्यक्रम पनि आयोजना गरिने सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा. टीएन जोशीले जानकारी दिए। उनका अनुसार गौराको महत्त्व झल्किने धार्मिक परम्परागत मौलिक प्रस्तुतिमा विशेष जोड दिइनेछ। चैत, धमारी, ढुस्को, भारीखेललगायतका प्रस्तुतिहरू महोत्सवमा प्रस्तुत गरिने उपकुलपति जोशीले बताए।

यसका साथै गौरा महोत्सवमा सुदूरपश्चिम प्रदेशका चर्चित कलाकारहरूका गायन, नृत्य लगायतका प्रस्तुतिहरू रहनेछ। चर्चित प्रत्यक्ष डेउडियाहरुका भारी खेल प्रस्तुत हुने आयोजकले जनाएको छ। आयोजकले विद्यालयस्तरीय देउडा प्रतियोगिताका लागि केही नियम पनि बनाएको डेउडा प्रतिष्ठान कैलालीका अध्यक्ष दलबहादुर बोगटीले बताए।

डेउडा गीतहरू सिर्जना गरेर लेखेर छात्र र छात्रा दुवै पक्षबाट गाउने मिल्ने र प्रस्तुति कम्तीमा १२ मिनेट र बढीमा १५ मिनेटभित्र सकाउनुपर्नेछ। विद्यालयले कम्तीमा १० र बढीमा १६ जना विद्यार्थी डेउडामा सहभागिता गराउन सक्नेछ।

विद्यायालय स्तरीय डेउडा प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई पुरस्कारको व्यवस्था गरिएको छ। प्रथम, द्वितीय, तृतीय र सान्त्वनाले क्रमशः ११ हजार १११, ७ हजार ५५५, ५ हजार ५५५ र ३ हजार ३३३ रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...