Skip to main content

धनगढी न्यूज

रोल्पामा पहिरोले पुरिँदा एकको मृत्यु

Advertisement

रुकुमपूर्व, भदौ २ गते । लगातार वर्षापछि आएको पहिरोले घर भत्किँदा रोल्पाको लिबाङमा एक महिलाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार पहिरोले लिबाङ स्थित मण्डली भत्किँदा आइतबार बिहान महिलाको मृत्यु भएको हो ।

आइतबार बिहान ४ बजेतिर रोल्पा नगरपालिका–२ मूल पानीमा रहेको बेथेल मण्डली भत्किँदा भित्र रहेका रोल्पा नगरपालिका–१० धाङसीकी ७० वर्षीया धनजिता बुढा मगरको मृत्यु भएको प्रहरीले जनाएको छ । अत्यधिक वर्षापछिको पहिरोले निर्माणाधीन मण्डली भत्किँदा पुरिएर ती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता तथा प्रहरी निरीक्षक केशवराज बराकोटीले जानकारी दिनुभयो ।

उक्त घटनामा पूर्वी रोल्पाको सुनछहरी गाउँपालिका–३ मौलावन घर भई सोही मण्डलीमा बस्ने १८ वर्षीया नौभा घर्ती मगर घाइते भएका छन् । उहाँलाई उपचारका लागि रोल्पा अस्पताल रेउघामा पुर्याइएको छ । उक्त मण्डलीमा १० जना बस्दै आए पनि अन्य भने सकुशल रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...