Skip to main content

धनगढी न्यूज

वैदेशिक रोजगारीमा बढ्दै दक्ष श्रमिक

Advertisement

काठमाडौँ, भदौ २ गते । वैदेशिक रोजगारीमा दक्ष भएर जाने श्रमिकको सङ्ख्या क्रमशः बढेको छ ।

पछिल्लो तीन आर्थिक वर्षको तथ्याङ्क अनुसार दक्ष भएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या क्रमशः बढेको देखिएको हो । वैदेशिक रोजगार विभागका अनुसार आव २०७८/७९ मा ४६ प्रतिशत दक्ष कामदार वैदेशिक रोजगारीमा गएकोमा गत आवमा बढेर ७२ प्रतिशत नेपाली श्रमिक दक्ष भएर विदेश गएका छन् । पछिल्ला वर्षमा शिक्षित र तालिम लिएका युवा विदेश जाँदा पनि सिप परीक्षण गरेर जाने प्रवृत्तिको विकास भएको छ ।

वैदेशिक रोजगार विभागका अनुसार आव २०७८/७९ मा वैदेशिक रोजगारमा जाने छ लाख ३० हजार ६८ जनामध्ये दुई लाख ९१ हजार ८८९ जना (४६ प्रतिशत) दक्ष भएर विदेश गएका थिए । आव २०७९/८० मा सात लाख ७१ हजार २५३ जना विदेश गएकोमा पाँच लाख छ हजार ७४६ जना (६६ प्रतिशत) दक्ष भएर विदेश गएको तथ्याङ्क छ । यस्तै गत आव २०८०/८१ मा सात लाख ४१ हजार २९७ जना वैदेशिक रोजगारीमा गएकोमा पाँच लाख ३२ हजार १२३ जना (७२ प्रतिशत) दक्ष भएर गए । पछिल्लो तीन वर्षको तथ्याङ्क हेर्दा पनि दक्ष भएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या २५ प्रतिशतले बढेको देखिन्छ ।

वैदेशिक रोजगार विभागका निर्देशक गुरुदत्त सुवेदीले पुनः श्रम स्वीकृति लिएर जानेको तुलनामा नयाँ श्रमिक दक्ष भएर जाने सङ्ख्या बढेको जानकारी दिनुभयो । पछिल्लो वर्षमा पुनः श्रम स्वीकृति लिएर जानेले पनि सिप परीक्षण गरेर जाने गरेको उहाँको भनाइ छ । विदेश जानेमध्ये उच्च दक्ष, पेसागत कर्मचारी, दक्ष र अर्धदक्षको सङ्ख्या ७२ प्रतिशत पुगेको विभागको तथ्याङ्कमा उल्लेख छ ।

वैदेशिक रोजगारका अनुसन्धानकर्ता रामेश्वर नेपालले पछिल्लो समयमा दक्ष भएर वैदेशिक रोजगारीमा जाने सङ्ख्या बढ्नुलाई राम्रो उपलब्धिका रूपमा लिन सकिने बताउनुभयो । यो सङ्ख्या भारत, फिलिपिन्स, बङ्गलादेशलगायतका अन्य मुलुकका तुलनामा कम भए पनि नेपालका सन्दर्भमा भने सुधारिएको उहाँको भनाइ छ ।

रोजगारमूलक सिप विकास तालिम सञ्चालन कार्यविधि, २०७५ लागु भएपछि नेपालबाट वैदैशिक रोजगारीमा जाने युवा सिपयुक्त प्रमाणपत्रका आधारमा जानुपर्ने प्रावधान थियो । वैदेशिक रोजगार ऐनमा वैदशिक रोजगारीमा जाँदा अनिवार्य तालिम लिनुपर्ने व्यवस्था गरिएको भए पनि यसको पूर्ण कार्यान्वयन हुन अहिलेसम्म नसकेको र पछिल्ला वर्षमा सुधार हुनुलाई सकारात्मक रूपमा लिन सकिने नेपालले बताउनुभयो । विगतमा सिप भएका पनि त्यसको परीक्षण नगरी वैदेशिक रोजगारीमा जाने गरेका थिए । तीन वर्षअघिसम्म विदेश जाने कुल सङ्ख्यामा ४६ प्रतिशत श्रमिक अदक्ष थिए । यसमध्ये महिला श्रमिकको हिस्सा बढी थियो । सरकारले २०७६ भदौबाट तोकिएको क्षेत्र अनुसार एक महिनाको सिपममूलक तालिम नलिएका युवालाई वैदेशिक रोजगारीमा जान नपाउने नियम बनाएको थियो ।

अघिल्लो आवबाट बिदेसिने श्रमिक को सङ्ख्या वृद्धि भएर र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या बढी भएका कारण दक्ष श्रमिकका रूपमा जाने सङ्ख्या उच्च रहेको देखिन्छ । दक्ष भएर वैदेशिक रोजगारीमा जाने श्रमिकको आम्दानीका साथै सुरक्षा पनि उच्च हुने गरेको छ । दक्ष जनशक्तिले असुरक्षित काम पनि गर्नु पर्दैन । वैदेशिक रोजगार बोर्डले रोजगारीका लागि विदेश जाने युवाले अनिवार्य सिप विकास तालिम लिनुपर्ने भन्दै यसका लागि प्राविधिक र भौतिक पूर्वाधार विकास गरेको छ । विगतमा तालिम नै नलिई नक्कली प्रमाणपत्र लिएर विदेश जाने प्रवृत्ति देखिएपछि दुई वर्षअघि अनलाइन प्रणालीमार्फत तालिमको ट्र्याकिङसमेत गर्ने गरी बाध्यात्मक बनाउने निर्णय भएको थियो ।

 

 

 

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...