Skip to main content

धनगढी न्यूज

गेटामा म्याजिक र मोटरसाईकल ठोक्किदा एक जनाको मृत्यु, ८जना घाइते

Advertisement

धनगढीः कैलालीमा म्याजिक र मोटरसाईकल ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन्।

गेटा अस्पताल नजिक म १ ज १६१ नम्बरको म्याजिक र से ६ प ८४२३ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा दुर्घना भएको हो। उक्त दुर्घटनामा परेर मोटरसाइकल चालक कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाणीका बिस्राम चौधरीको उपचारकोक्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो।

मोटरसाइकल पछाडि सवार रहेका धनगढी उपमहानगरपालिका–२ का रामप्रसाद चौधरी घाइते भएका छन्। उनको मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ। यस्तै म्याजिकमा चालकसहित ८ जना सवार रहेकोमा ७ जना घाइते भएका छन्। घाइते हुनेमा भीमदत्त नगरपालिका–६ की ९ वर्षीया अविशा श्रेष्ठ र ५ वर्षीय आयन श्रेष्ठ रहेका छन्।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...
बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना, ९ जना घाइते

बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना, ९ जना घाइते

बाजुरा जिल्लाको हिमाली गाउँपालिका–५ क्युडीस्थित कुवाडी–क्युडी भित्री कच्ची सडकखण्डमा सोमबार दिउँसो भएको जिप दुर्घटनामा चालकसहित ९ ...