Skip to main content

धनगढी न्यूज

बालिकाको मृत्यु दुरुत्साहनमा शिक्षक पक्राउ

Advertisement

सिन्धुपाल्चोक, भदौ ३ गते । सुनकोसी गाउँपालिका–२ ठोकर्पाको १५ वर्षीया बालिकाको आत्महत्या दुरुत्साहन मुद्दामा सोही गाउँका ‘मनोज’ भनिने निरन कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रमुख सन्तोष खड्काले आरोपित निरन कार्कीलाई पक्राउ गरी सिन्धुपाल्चोक जिल्ला अदालतबाट पाँच दिनको म्याद थपेर अनुसन्धान भइरहेको जानकारी दिनुभयो । निरन कार्कीले आफ्नै छात्रा सन्ध्या रोक्कालाई प्रेम जालमा पारेर मानसिक, शारीरिक यातना दिई सामाजिक सञ्जालबाट बदनाम गराएपछि  आत्महत्या गर्न बाध्य बनाएको वालिकाको दाजु दीपक रोक्काको आरोप छ ।

निरन ठोकर्पा माबिका अङ्ग्रेजी शिक्षक हुन भने रोक्का उनकै छात्रा हुन् । निरनले ‘मनोज कार्की’ नामक फेसबुक एकाउन्ट खोलेर सन्ध्याको चरित्रहत्या गर्ने विभिन्न आपराधिक कुरा पोस्ट गरेका थिए ।

सन्ध्यालाई आत्महत्या गराउन बाध्य बनाउने निरनलाई मुलुकी अपराध संहिता २०७४ को दफा १८५ बमोजिम कसुरमा कडा भन्दा कडा कारबाही गराउनका लागि दीपकले जिल्ला प्रहरी कार्यालयमा भदौ १ गते किटानी जाहेरी दिँदै मृत्यु दुरुत्साहन मुद्दा दर्ता गराउनुभएको थियो ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...