Skip to main content

धनगढी न्यूज

सुदूरपश्चिम सरकारले भन्यो-‘२५ लाख बढीका योजना मात्रै विनियोजन हुन्छन्, सबै ठेक्कामा जान्छन्’

Advertisement

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले नयाँ बजेटमा २५ लाखबढीका योजना मात्रै विनियोजन गर्ने बताएको छ ।

प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहले सोमबार पत्रकार सम्मेलनमार्फत् बजेट निर्माण प्रक्रियामा सबै क्षेत्र, राजनीतिक दल, र नागरिक समाजसँग संवाद र छलफल जारी राखेको बताएका छन्।

प्रदेश सरकारले आगामी वार्षिक विकास कार्यक्रम (बजेट) प्रदेशको आवश्यकता र औचित्यका आधारमा निर्माण गरी अघि बढ्न केही आधारहरू तय गरेको छ।

२५ लाख भन्दा माथि मात्र बजेट विनियोजन गर्ने, २५ लाखभन्दा कम बजेट विनियोजन गर्नुपर्ने अवस्थामा स्थानिय तहलाई सशर्त अनुदानका रूपमा हस्तान्तरण गर्ने, र कुनै पनि योजना उपभोक्ता समितिमार्फत कार्यान्वयन नगर्ने निर्णय गरिएको छ।

प्रदेश सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउँदै सुशासन, जनमुखी नीति, र समृद्धि प्रति आफ्नो प्रतिबद्धता दोहोर्‍याएको छ।

सरकार गठनको पहिलो दिन तीनवटा महत्त्वपूर्ण निर्णयहरू गर्दै वित्तीय अनुशासन र सुशासन प्रवर्धनका लागि कार्यदल गठन, सरकारी अस्पतालमा निःशुल्क रगत उपलब्ध गराउने, र प्राकृतिक विपद्बाट पिडित व्यक्तिहरूको दुर्घटना विमा गर्ने घोषणासमेत गरिएको छ।

मुख्यमन्त्री शाहले सुदूरपश्चिम प्रदेशको समग्र विकास, सुशासन प्रवर्धन, र योजना छनोट एवं बजेट विनियोजनमा थप सुझावका लागि सम्पूर्णलाई आह्वान गर्दै प्रदेशवासीको हितमा सरकार दृढताका साथ अगाडि बढिरहेको जानकारी गराएका छन्।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...