Skip to main content

धनगढी न्यूज

डिसिएका ६ जना खेलाडी नेपाल प्रिमियर लिगका लागि अनुबन्ध

Advertisement

धनगढी । धनगढी क्रिकेट एकेडेमी (डिसिए) का ६ जना खेलाडी नेपाल प्रिमियर लिग (एनपीएल) खेल्नका लागि अनुबन्ध भएका छन् । आइतबार काठमाडौँमा सम्पन्न अक्सनमा डिसिएका ६ खेलाडीहरू नेपाल प्रिमियर लिगमा सहभागी हुने विभिन्न टिममा अनुबन्ध भएका हुन् ।

डिसिएका क्रिकेटर लोकेश बम सर्वाधिक बढी मूल्य १५ लाखमा विराटनगर किंगसका लागि खेल्ने छन् । भने नारायन जोशीले पोखरा एभेन्जर्सका लागि १० लाखमा खेल्ने छन् ।

यस्तै, विपिन रावल ८ लाख चितवन राईनोज, भोजराज भट्ट ४ लाख ५० हजार सुदूरपश्चिम रोयल्स, नरेन भट्ट २ लाख विराटनगर किंगस र राजु रिजाल २ लाख काठमाण्डु गोर्खा टिममा अनुबन्ध भएका छन् ।

आयोजक नेपाल क्रिकेट संघ (क्यान) का अनुसार, अक्सनमा १५० भन्दा बढी खेलाडीको सहभागिता रहेको थियो भने आगामी १५ मंसिर देखि नेपाल प्रिमियर लिग हुने भएको छ ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...