Skip to main content

धनगढी न्यूज

१ दिने लागू औषध दुर्व्यसन सम्बन्धी अन्तरक्रिया सम्पन्न

Advertisement
फिडल्याण्ड र नेपाल स्काउटको सहकार्यमा नेपाल स्काउट सुदूरपश्चिम प्रदेश SPS Core Team द्वारा गौरिगंगा नगरपालिकामा आयोजना गरिएको १ दिने लागू औषध दुर्व्यसन सम्बन्धि 2250 Discussion Event पुर्व मुख्यमन्त्री माननीय राजेन्द्र रावल ज्युको प्रमुख आतिथ्य तथा विशिष्ट अतिथि माननीय प्रदेश सभा सदस्य श्री धर्मराज पाठक, गौरिगंगा नगरपालिका नगर उपप्रमुख तथा स्थानीय प्रमुख स्काउट श्री भोज बहादुर बम, मालाखेती कैलालीका डिएसपी श्री गंगा बहादुर थापा जयुको विशिष्ट आतिथ्यमा मिति २०८१ असोज २१ सम्पन्न भएको छ ।
May be an image of 11 people
उक्त अन्तक्रिर्या कार्यक्रमका अतिथिहरु सुदूरपश्चिम परिषद सदस्यहरु श्री भिम राज अम्मै , श्री बिनोद बोहरा, श्री तोय राज जोशी निवर्तमान वडा ०९ का वडा अध्यक्ष श्री हरि प्रसाद तिवारी, पुर्व स्थानीय स्काउट संयोजक श्री लक्ष्मण ओझा, प्रदेश अधिकृत श्री हेमराज जोशी, प्रदेश सहायक श्री राजेन्द्र बानियाँ, प्रदेश युवा मञ्च सुदूरपश्चिम अध्यक्ष श्री समीर भण्डारी, स्काउट मास्टरहरु श्री धर्मराज जाग्री, मिलन ओलि, दिनेश पुन, दान बहादुर जाग्री, गोपाल बहादुर बि. क. दिपक भण्डारी, खडक बहादुर बि. क.आदर्श सुधार गृह सञ्चालक ज्यु लगायत गौरीगंगा नगरपालिकाका स्काउट सदस्य तथा क्याम्पस पढ्ने अन्य विधार्थी तथा कान्ति क्र्युका सदस्यहरुको सहभागिता रहेको थियोे ।
उक्त अन्तक्रिर्या कार्यक्रममा ५८ जना स्काउट तथा अन्य विधार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको अध्यक्षता SPS Core Team Leader श्री पुष्कर अवस्थीले गर्नु भएको थियोे भने कार्यक्रम सञ्चालन SPS Core team Member तथा नेपाल स्काउट राष्ट्रिय युवा मञ्च सदस्य श्री लक्ष्मी प्रसाद अम्मैले गर्नु भएको थियो । लागू औषध दुर्व्यसन कार्यक्रममा स्वागत मतव्य प्रदेश युवा मञ्च सदस्य श्री प्राप्ति भट्टले राख्नु भएको थियोे ।
May be an image of 4 people and text
यस किसिमका कार्यक्रमले स्काउटको विकास तथा विस्तारमा टेवा पुग्ने र स्थानीय स्तरमा लागू औषध सम्बन्धि जनचेतनामूलक सन्देस प्रवाहमा थप सहयोग हुने भएकाले नेपाल स्काउट र फिडल्याणड स्काउटलाई प्रमुख अतिथि तथा पुर्व मुख्यमन्त्री माननीय श्री राजेन्द्र सिह रावलले धन्यवाद दिनु भएको छ । सो कार्यक्रम औपचारिक रुपमा उदघाटन हुनु पुर्व लागूऔषध दुर्व्यसन सम्बन्धि वितृत जानकारी तथा प्रशिक्षण मालाखेती कैलालीका डीएसपी श्री गंगा बहादुर थापाले दिनु भएको थियो ।
कार्यक्रममा सहभागिहरुले लागू औषध दुर्व्यसनीका बिषयमा प्रमुख अतिथि, विशिष्ट अतिथि, सुधार गृहका सञ्चालक र डिएसपी ज्युलाई प्रश्न गरि कार्यक्रम भव्यताका साथ सु-सम्पन्न भएको छ ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...