Skip to main content

धनगढी न्यूज

धनगढीमा तिहारका लागि पर्याप्त सयपत्री फूल उत्पादन

Advertisement

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका–६ का सुशीला बिष्टको बारीमा यो वर्ष डेढ विघा जग्गामा सयपत्री फूल लटरम्म फुलेको छ। गत वर्षदेखि पुष्पखेती गरिरहेकी बिष्टले यो वर्ष पाँच किसिमको सयपत्री फूल रोपेकी छन्।

बिष्टले दसैंदेखि नै फूल तथा माला बिक्री गर्न थालेकी हुन्। डेढ विघामा लगाइएको सयपत्री र सुपारी फूल तिहारमा बिक्री गर्न तयार हुने किसान सुशीला बिष्टले बताइन्। उनले पाँच किसिमको सयपत्री र एक किसिमको सुपारी फूल तिहारका लागि तयार भइरहेको बताइन्। ’यो वर्ष हामीले डेढ बिघामा पुष्पखेती गरेका छौँ,’ उनले भनिन्, ‘दसैंदेखि नै फूल बिक्री गर्न थालेका छौँ र तिहारलाई लक्षित गरेर पाँच किसिमको सयपत्री तयार भइरहेको छ।’
फूल अन्यत्र पठाउन उपमहानगरको आर्थिक सहयोग
सुशीला बिष्ट जस्तै धनगढीका थप १० जना किसानले यो वर्ष पुष्पखेती गरेका छन्। धनगढी उपमहानगरपालिकाले गत वर्ष २६ जना कसानलाई पुष्पखेती सम्बन्धी तालिम दिएकोमा यो वर्ष तालिम लिएका १० जनाले व्यवसायिक पुष्पखेती गरेका छन्। किसानले उत्पादन गरेको फूल बिक्री गर्न उपमहानगरले फूल बिक्री केन्द्र खोल्न र यान्त्रिकरणमा अनुदान दिएको छ।

कृषि विकास निर्देशनालयले समेत धनगढीका पुष्पखेती गर्ने किसानलाई शित भण्डार निर्माण गर्न सहयोग गरेको छ। धनगढी उपमहानगरपालिकाले किसानलाई अन्यन्त्र पुष्प पठाउनुपर्ने अवस्थामा भाडामा ५० प्रतिशत अनुदान दिने गरेको छ। जसले गर्दा धनगढीमा उत्पादित फूल नेपालगन्ज, पोखरा र काठमाडौं पठाउन किसानहरूलाई सहज भएको बिष्टले बताइन्। उनले नियमित रुपमा नेपालगन्ज, पोखरा र काठमाडौंबाट माग आउने गरेको तथा उपमहानगरको ५० प्रतिशत भाडा सहयोगमा पठाउन सहज भएको बताइन्।
वर्षभरी फूल उत्पादन गर्दै बिष्ट दम्पति


न्यू बन्डोली नर्सरी कन्सर्न स्थापना गरेर सुशीला बिष्ट र उनका पति शंकर बिष्टले वर्षभरि नै फूल उत्पादन गर्दै आएका छन्। उनीहरूले धनगढी उपमहानगरपालिका परिसरमा रहेको फूल बिक्री केन्द्रसमेत व्यवस्थापन गर्दै आएका छन्। उपभोक्ताबाट माग आएको खण्डमा धनगढीको हकमा घरमै फूल तथा माला पुगाउने गरेका बिष्ट दम्पतिले विवाहका लागि विभिन्न प्रकारका माल तयार गर्नुका साथै गाडी, माण्डप र स्टेज सजावटको काम समेत गर्दै आएका छन्।

बिष्ट दक्पतिले धनगढीका अन्य किसानले उत्पादन गरेको फूलसमेत बिक्री गर्दै आएका छन्। सुदूरपश्चिमका अन्य जिल्लाबाट समेत विभिन्न समयमा फूलको माग हुने गरेको बिष्टले बताइन्। ’हामीलाई सुदूरपश्चिमका विभिन्न जिल्लाबाट समेत फूल तथा मालाको माग आउने गरेको छ। माग आएमा सम्बन्धित ठाउँमा बस तथा अन्य सवारी सधानबाट पुगाउने गरेका छौँ,’ बिष्टले भनिन्। मटियारीको न्यू बन्डोली नर्सरी कन्सर्नका सञ्चालक बिष्ट दक्पतिले यो वर्ष आफ्नो बारीमा पाँच किसिमका सयपत्री रोपेका छन्। उनीहरूले कलकतिया, कर्मा ५५५, कर्मा १११, कर्मा पहेलो, सेतो र सुन्तला रङ्गको सयपत्री ढकमक्क फुलेको छ। उनीहरूको बारीमा सुपारी फूलसमेत ढकमक्क फुलेको छ।दिनेश खबर बाट शाभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...